जहाँ पायो त्यहीँ घर बनाउँदा विपदबाट धेरै क्षति : मुख्यमन्त्री गुरुङ

 असार ३१, २०७७ बुधबार २२:१९:३२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मापदण्डलाई ख्याल नगरि भौतिक संरचना निर्माण गर्दा प्राकृतिक विपदबाट धेरै जनधनको क्षति हुने बताउनुभएको छ ।

लगातारको वर्षासँगै आएको बाढी पहिरोले पुर्‍याएकाे क्षतिको स्थलगत निरीक्षण गर्ने क्रममा बुधबार लमजुङ पुग्नुभएका मुख्यमन्त्री गुरुङले जहाँ पायो त्यहीँ घर बनाउँदा धेरै जनधनको क्षति हुने गरेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘नगरपालिका/गाउँपालिकाले घरको मापदण्ड, भूगोलको मापदण्डलाई ख्याल गरेर मापदण्ड निर्धारण गर्नुपर्छ र त्यहीअनुसारको आधारमा नक्सा पास भएपछि मात्रै नयाँ घर बनाउन दिनुपर्छ ।’ प्राकृतिक विपद्लाई रोक्न नसकिने बताउँदै उहाँले विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई कम गर्न आवश्यक मापदण्ड पुर्‍याएर भौतिक संरचना निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

निरीक्षणमा मुख्यमन्त्री गुरुङसँगै नेकपा गण्डकी प्रदेशका प्रमुख सचेतक एवं प्रदेश सभा सदस्य मायानाथ अधिकारी, नेकपा लमजुङका अध्यक्ष एवं प्रदेश सभा सदस्य मधुमाया अधिकारी, प्रदेश सभा सदस्य धनञ्जय दवाडी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालगायत जिल्लाका सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

1 Comments

  • बाबु राम श्रेष्ठ

    July 16, 2020, 6:44 a.m.

    अरे मन्त्री जी जनताको जग्गा नै तेस्तै ठाउँमा छत के गर्नु तपाइँ हरुले झै कालो धन कहाँ बाट ल्याउनु र सम्म ठाउँमा किनेर घर बनाउनु, कि सरकारले किन्दिनु पर्यो...

  •  0 Reply

तपाईको प्रतिक्रिया