बेपत्ता विद्यार्थीको खोजीमा सेना परिचालन

 साउन २०, २०७५ आइतबार ११:३७:५५ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – गोक्यो हिमतालमा बेपत्ता भएका विद्यार्थीहरुको उद्धारका लागि नेपाली सेनाको टोली परिचालन गरिएको छ ।

हिमतालमा डुबेर बेपत्ता भएका विद्यार्थीको उद्धारको लागि आइतबार बिहान सेनाको टोली गोक्यो प्रस्थान गरेको सोलुखुम्बुका प्रहरी निरीक्षक नवीन राईले जनाकारी दिनुभयो ।

प्रहरीले उद्धार गर्न नसकेपछि शम्शेर गुल्म नाम्चेबाट नेपाली सेनाको टोली गोक्योतर्फ उद्धारको लागि गएको हो ।

गोक्यो भ्रमणमा गएका खुम्जुङ माध्यमीक विद्यालयका तीन जना विद्यार्थी शनिबार बिहान हिमतालमा डुबेर बेपत्ता भएका हुन् । भ्रमणमा गएका विद्यार्थी नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

बेपत्ता हुनेमा खुम्जुङ माध्यमीक विद्यालय कक्षा ९ मा अध्ययनरत पेम्बा दोर्जे शेर्पा पेम्बा नुरु शेर्पा र सुनिल बराईली रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया