लमजुङ पहिरो : विस्थापित ८० घरका ४ सय जनालाई सुरक्षित स्थानमा सारिँदै

 साउन ७, २०७७ बुधबार २०:२८:३२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – मर्स्याङ्दी गाउँपालिका ३ पल्लोटारीमा खसेको पहिरोका कारण विस्थापित ८० घरधुरीलाई सुरक्षित स्थानमा सारिँदै छ । पहिरोका कारण विस्थापित भएका ८० घरधुरीका चार सय जनालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, गण्डकी प्रदेश सभा सदस्य धनञ्जय दवाडी, चार वटै सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधि, रेडक्रसलगायत विभिन्न गैरसरकारी सङ्घ/संस्था खाद्य र गैरखाद्य सामग्रीसहित घटनास्थनलमा उद्धार र राहतमा खटिरहेका छन् ।

बुधबार बिहान पौने १० बजेतिर खसेको पहिरोमा पल्लोटारीका १८ घर पुरिएका थिए, घटनामा आठ जना घाइते भएका थिए ।

विस्थापितहरुलाई अहिले तरापुकाे विभिन्न सामुदायिक भवन, स्थानीयको घरमा बसोबासको व्यवस्थाका साथै खाना र लत्ताकपडाको व्यवस्था मिलाइएको मर्स्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते भएका आठ जनामध्ये ६ जनाको खुदी स्वास्थ्य चौकी र अन्य दुई जनाकाे जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ । 

 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया