सेती प्रादेशिक अस्पतालकाे आइसाेलेशन ३ दिनदेखि खाली

 साउन ८, २०७७ बिहिबार २१:३३:२६ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना अस्पतालको आइसोलेशन खाली भएकाे छ । कैलालीमा रहेको सेती प्रादेशिक अस्पतालको आइसोलेशन तीन दिनदेखि खाली भएको हो ।

साउन ६ गतेदेखि कोरोना सङ्क्रमित नआएपछि आइसोलेशन खाली भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताउनुभयाे । अस्पतालको आइसोलेसनमा अहिलेसम्म सङ्क्रमित र शङ्कास्पद गरी एक सय ८३ जना भर्ना भएका थिए । अहिले पालिकाले निमार्ण गरेका आइसोलेशन र होम क्वरेण्टीनमा सङ्क्रमितहरुलाई राख्न थालिएको श्रेष्ठले जानकारी दिनुभयाे । 

अहिलेसम्म सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमित  ८० जनालाई उपचारपछि डिस्चार्ज गरेर घर पठाइएकाे श्रेष्ठले बताउनुभयाे ।

त्यस्तै धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको आइसोलेशनमा समेत सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ । उपमहानगरपालिका ८ का अध्यक्ष तथा कोभिड १९ फोकल पर्सन नारायण बरालले उपमहानगरपालिकाको आइसोलेशनमा हाल १४ जना मात्रै सङ्क्रमित रहेको जानकारी दिनुभयाे ।

बिहीबारसम्म सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या चार हजार एक सय ७७ पुगेको छ । सङ्क्रमण पुष्टि भएकामध्ये दुई हजार दुई सय ३३ जना डिस्चार्ज भएका छन् भने आठ जनाको मृत्यु भएकाे छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया