स्थानीयस्तरमा पाइने रोजगारीबारे जानकारी गराउन सके नयाँ पुस्ता विदेश जान नहौसिने

 जेठ १५, २०७५ मंगलबार १४:७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

सागर बिक्रम बस्नेत/रामेछाप । 

जेठ १५ – मन्थली नगरपालिकाको माध्यमिक विद्यालयका सामाजिक विषय पढाउने शिक्षकको सहभागितामा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । 

 
अभिभावकविहीन हुँदा विद्यार्थी विद्यालयमा हाजिर मात्र गर्न पुग्ने भएकाले सुधारका लागि व्यावसायिक शिक्षाको खाँचो रहेको शिक्षकहरुले औंल्याएका थिए । उनीहरुले स्थानीयस्तरमा रोजगारीका विकल्पको पर्याप्त जानकारी गराउन सके नयाँ पुस्ता रोजगारीका लागि विदेश जान नहौसिने बताएका छन् । 

कक्षा ८ को पेशा व्यवसाय र १० को सामाजिक किताबको पाठसँग सम्बन्धित रहेर नयाँ सूचनाको जानकारी गराउन कार्यक्रम गरिएको हो । पैसा कमाउन विदेश जानेको पिडा र भोगाईका बारेमा कार्यक्रममा छलफल भएको थियो । सहभागी शिक्षकले अभिभावक वैदेशिक रोजगारीमा जाँदा विद्यालय उमेर समुहका बालबालिकामा उत्पन्न भएका समस्या र अभिभावकको अनुपस्थितिमा सिकाईमा पर्न सक्ने असरका बारेमा धारणा राखेका थिए । 

अभिभावकविहीन हुँदा विद्यार्थी विद्यालयमा हाजिर मात्र गर्न पुग्ने भएकाले सुधारका लागि व्यावसायिक शिक्षाको खाँचो रहेको शिक्षकहरुले औंल्याएका थिए । उनीहरुले स्थानीयस्तरमा रोजगारीका विकल्पको पर्याप्त जानकारी गराउन सके नयाँ पुस्ता रोजगारीका लागि विदेश जान नहौसिने बताएका छन् । 

जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतमले वैदेशिक रोजगारीका कारण गाउँमा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको र सदरमुकामका विद्यालय तथा बोर्डिङ्गमा चाप बढेको बताउनुभयो । वैदेशिक रोजगारीका सवाल र तथ्यहरु कक्षा कोठासम्म पुग्ने माध्यम हुने भएकाले यस्ता कार्यक्रम आयोजना भइरहनु पर्ने धारणा गौतमले राख्नुभयो । 

वैदेशिक रोजगारीको अवसर, चुनौति र यसका कारण समाजमा परेको प्रभावबारे सुरक्षित आप्रवासन सामी परियोजनाका जिल्ला परियोजना संयोजक भोजराज सुनुवारले जानकारी गराउनु भएको थियो । सामी परियोजनाको साझेदार संस्थाले सञ्चालन गरेका कार्यक्रम र उपलब्धिबारे कार्यक्रममा जानकारी गराइएको थियो । 

जिल्लामा सञ्चालित सामी परियोजना अन्तर्गत सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारले सञ्चालन गरेको विद्यालय तथा आमसञ्चार कार्यक्रमले वर्षमा एकपटक यस्तो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । कार्यक्रमको निरन्तरता स्वरुप शहिद स्मृति माविको हलमा आयोजित कार्यक्रममा मन्थली नगरपालिका अन्तर्गत शिक्षा कार्यालयका श्रोत शिक्षक चन्द्रा खड्का, केदारप्रसाद ढुङ्गेल लगायत १४ वटा सामुदायिक विद्यालयका शिक्षकरशिक्षिका सहभागी भएका थिए । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया