पर्सामा सांसद प्रदीप यादवसहित ६४ जनामा कोरोना सङ्क्रमण

 साउन १७, २०७७ शनिबार १२:०:३३ | केसी लामिछाने
unn.prixa.net

काठमाण्डाै – पर्सामा सांसद् प्रदीप यादवसहित ६४ जनामा कोरोना सङ्क्रमण भएको छ । पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य प्रदीप यादवसहित ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

सांसद् यादवका निजी चालक र सुरक्षाकर्मीमा पनि कोरोना पोजेटिभ देखिएको छ । यस्तै नारायणी अस्पतालकै एक चिकित्सकमा पनि संक्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ३ महिला र ६१ पुरुष छन् ।

वीरगञ्ज मिना बजार गहवा क्षेत्रको मात्रै ३० घर परिवारमा भन्दा धेरैमा सङक्रमण पुष्टि भएको हो । सङक्रमितको संख्या धेरै भएपछि पर्सामा यसअघि नै आइसोलेसनको अभावमा १ सय २६ जना सङक्रमित घरमै छन् । सबैभन्दा धेरै वीरगञ्जमा १ सय १८ जना अस्पताल बाहिर छन् ।

वीरगञ्जमा रहेको अस्थायी कोरोना अस्पतालमा भर्ना भएका धेरैजसोमा कोरोनाको लक्षण छ । यसैबीच सांसद यादवले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना सङ्क्रमण भएको र आफू वीरगञ्ज राधेमाईमा आफ्नै घरमा आइसोलेसनमा बसेको जानकारी दिनु भएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया