प्रदेशस्तरीय भलिबल प्रतियोगिता सुरु

 जेठ १५, २०७५ मंगलबार १४:१०:१३ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर, जेठ १५ – महेन्द्रनगरमा ७ नम्बर प्रदेशस्तरिय पुरुष भलिबल प्रतियोगता सुरु भएको छ ।

प्रत्येक बस्ती र वडाबाट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ भीमदत्त नगरपालिकाले मंगलबार ७ नम्बर प्रदेशस्तरिय भलिबल प्रतियोगता सुरु गरेको हो । मानव संसाधनसँगै खेल क्षेत्रको जिम्मेवारी पनि स्थानीय तहको भएकाले प्रत्येक बस्ती र वडाबाट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रदेशस्तरिय पुरुष भलिबल

प्रतियोगिताको आयोजना गरेको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले जानकारी दिनुभयो । यस्तै, प्रतियोगिताको मंगलबार उद्घाटन सत्रमा बोल्दै ७ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शाहले खेलाडी राष्ट्रको गहना भएको भन्दै उनीहरुको सम्मान गर्नुपर्ने बताउनुभयो । 

‘खेलाडी भनेका राष्ट्रका गहना हुन्’, मन्त्री शाहले भन्नुभयो, ‘त्यसैले खेलाडी र खेल दुबैको सम्मान गर्नुपर्छ ।’ प्रतियोगितामा ७ नम्बर प्रदेशअन्र्तगत कैलालीका टिकापुर र धनगढी नगपालिका, कञ्चनपुरबाट बेलौरी, पुर्नवास र भीमदत्त नगरपालिकाको सहभागिता छ ।

यस्तै, अछामको साफेबगर, दार्चुलाको शैलेशिखर, डडेल्धुराको अमरगढी नगरपालिका तथा बैतडीको मेलौली, दशरथचन्द नगरपालिका पञ्चेश्वरी गाउँपालिका गरी ११ वटा स्थानीय तहको सहभागिता रहेको छ ।

१९ गतेसम्म चल्ने प्रतियोगिता प्रथम हुने टिमलाई १ लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै, द्वितीय हुने टिमलाई नगद ७१ हजार एक सय ११ र तृतीय हुने टिमलाई ५१ हजार एक सय ११ रुपैयाँसहित प्रमाण पत्र तथा शिल्ड प्रदान गरिने छ भने उत्कृष्ट खेलाडीलाई नगद १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । 

प्रतियोगिताको पहिलो खेल कञ्चनपुरको भीमदत्त नगरपालिका र बैतडीको मेलौली नगरपालिकाबीच हुँदैछ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया