रियाल र रिंगिट स्थिर, अन्य विदेशी मुद्राको मूल्य थोरै घटबढ

 साउन २१, २०७५ सोमबार ९:२२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – रियाल र रिंगिट आइतबारकै मूल्यमा आज पनि सटही गर्न सकिने भएको छ । कोरियन वनको मूल्य भने बढेको छ । अन्य मुद्राको मूल्य थोरै घटबढ भएको छ । 

नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १९ पैसा र बिक्रिदर २९ रुपैयाँ ३५ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०६ पैसा र बिक्रिदर ३० रुपैयाँ २३ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ८० पैसा र बिक्रिदर २९ रुपैयाँ ९७ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८२ पैसा र बिक्रिदर २६ रुपैयाँ ९६ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७५ पैसा र बिक्रिदर ९ रुपैयाँ ८० पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६१ रुपैयाँ ३७ पैसा छ भने बिक्रिदर ३ सय ६३ रुपैयाँ ३५ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९० रुपैयाँ ३५ पैसा र बिक्रिदर २ सय ९१ रुपैयाँ ९४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया