दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाडौं – नेपाली क्रिकेट टोली सोमबार बिहान स्वदेश फर्किएको छ । नेपालले नेदरल्याण्डविरुद्धको एक दिवसीय सिरिज बराबरी बनाउन सफल भएको थियो । पहिलो पटक ऐतिहासिक एकदिवसीय सिरिज खेलेको नेपाली टोलीलाई भव्य स्वागत गरिएको छ ।
नेपाली टोलीलाई सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बिष्टले स्वागत गर्नुभएको हो ।
नेपालले एक दिवसीय सिरिजको दोस्रो तथा अन्तिम खेलमा १ रनको रोमाञ्चक जित पार्दै सिरिज बराबरी बनाउन सफल भएको थियो । ऐतिहासिक एक दिवसीय खेलमा नेपालले पाएको यो अहिलेसम्मकै ठूलो सफलता र उपलब्धि हो ।
नेपाली टोली डेब्यू एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता र मेरिलबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्डसँगको त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगिताको लागि गएको साउन २ गते युरोप भ्रमणमा गएको थियो । यूरोप भ्रमण अवधिभर नेपाली क्रिकेट टोलीको प्रदर्शन शानदार रह्यो ।
नेदरल्यान्डविरुद्धको ऐतिहासिक एक दिवसीय सिरिजलाई नेपालले बराबरी गर्न सफल भयो । लण्डनको लर्डस् मैदानमा भएको त्रिकोणात्मक सिरिजमा पनि नेपाल र नेदरल्यान्ड संयुक्त रुपमा विजयी भए । यी दुई प्रतियोगिता खेल्नु अघि नेपाली टिमले लन्डनका स्थानीय टिमसँग समान दुई टी–ट्वान्टी र एक दिवसीय खेलेको थियो । अभ्यास खेलमा नेपालले तीन खेलमा जित हात पारेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।