'एक ठाउँमा एउटा कुरा, अर्काे ठाउँमा अर्काे कुरा गर्ने प्रवृत्ति नै अहिलेकाे समस्या हो'

 साउन २६, २०७७ सोमबार १४:१८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको उद्देश्य लोकतन्त्रको अभ्यास गर्नु र गराउनु रहेको बताउनुभएको छ । 

सामाजिक सञ्जाल फेसबुकमा पोस्ट लेख्दै नेता श्रेष्ठले लोकतन्त्रको अभ्यासका लागि पार्टीभित्र आन्तरिक लोकतन्त्र सुनिश्चित हुनु पहिलो शर्त हो भन्नुभएको छ । 

साथै उहाँले पार्टीभित्रको अहिले देखिएको समस्याको बारेमा पनि बताउनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘हाम्रो पार्टीभित्रको अहिलेको एउटा समस्या सिधा र खुला छलफल गर्नुको सट्टा भित्र एउटा कुरा, बाहिर अर्काे कुरा र एक ठाउँमा एउटा कुरा, अर्काे ठाउँमा अर्काे कुरा गर्ने प्रवृत्ति पनि हो ।’

यो परिपाटीले समस्या समाधान नभइ झन् जटिल बनाउने भन्दै नेता श्रेष्ठले यसतर्फ सजग गराउनुभएको छ । उहाँले पार्टी एकताको रक्षा गर्दै, सामाजिक–आर्थिक रुपान्तरण गर्दै समाजवादको बाटोमा अघि बढ्न आग्रह गर्नुभएको छ । 

यस्ताे छ उहाँकाे फेसबुक पाेस्ट–

​‪कम्युनिष्ट पार्टीको उद्देश्य समाजमा आज सम्मको सर्वोत्तम लोकतन्त्रको अभ्यास गर्नु, गराउनु हो । त्यसका लागि पार्टी भित्र आन्तरिक लोकतन्त्र सुनिश्चित हुनु पहिलो शर्त हो । अत: नेकपाभित्र अन्तरपार्टी जनवाद, छलफल, बहस र अन्तरसंघर्षलाई पार्टीको जीवन र चालक शक्ति भनिन्छ । 

अन्तरसंघर्षलाई स्वस्थ र रुपान्तरणमुखी ढंगले सञ्चालन गर्नाले विचारको परिमार्जन एवं विकास ,संगठनको व्यवस्थापन, परिचालन एवं ‪सुदृढीकरण र सामाजिक रुपान्तरणको क्रान्तिकारी उदेश्यमा योगदान पुर्याउँछ । अन्तरसंघर्षलाई सार्थक निष्कर्षमा पुर्‍याउन वैचारिक ,सैद्धान्तिक, राजनीतिक , प्रवृत्तिगत र मुद्दागतरुपमा सिधा, खुला र स्पष्ट छलफल गर्ने कार्यशैली अख्तियार गर्नुपर्छ ।

हाम्रो पार्टीभित्रको अहिलेको एउटा समस्या सिधा र खुला छलफल गर्नुको सट्टाभित्र एउटा कुरा ,बाहिर अर्को कुरा र एक ठाँउमा एउटा कुरा,अर्को ठाँउमा अर्को कुरा गर्ने प्रवृत्ति पनि हो । त्यसले समस्या समाधान गर्न सहयोग गर्दैन बरु जटिल बनाउँछ ।

त्यसैले पार्टी, वर्ग, आन्दोलन, देश र जनतालाई केन्द्रबिन्दुमा राखी सिधा, खुला र स्प्ष्टरुपमा छलफल गरौँ र सकारात्मक निकास निकालौं । पार्टी एकताको रक्षा गरौं, समाजवादउन्मुख सामाजिक-आर्थिक रुपान्तरण गर्दै समाजवादको बाटोमा अघि बढौं ।‬ 

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया