कोरोनाबाट उपत्यकामा ३ सहित एकैदिन ५ जनाको मृत्यु

 साउन २६, २०७७ सोमबार २०:२०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच जनाको ज्यान मृत्यु भएको छ । 

काठमाण्डौ उपत्यकामा कोरोनाका कारण एकैदिन तीन जनाको मृत्यु भएको छ । ललितपुरमा दुई जना र काठमाण्डौमा एक जनाको मृत्यु भएको हो । 

ललितपुरको किस्ट अस्पतालमा उपचाररत काभ्रे पाँचखालकी ६८ वर्षीया महिलाको मृत्यु भएको हो । उहाँ आइतबार दिउँसो छातीको सङ्क्रमण र निमोनियाको उपचार गराउन अस्पताल पुग्नुभएको थियो । 

यस्तै काठमाण्डौको बानेश्वर बस्ने ७६ वर्षीय पुरुषको पनि सोमबार बिहान चावहिलमा रहेको मेडिकेयर अस्पतालमा मृत्यु भएको छ । जिउ दुख्ने तथा श्वासप्रश्वासमा कठिनाइ आएपछि उहाँ गएको २३ गते अस्पताल भर्ना हुनुभएको थियो । 

यस्तै काठमाण्डौ कीर्तिपुरका ६४ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । उहाँ मिर्गाैलाका दीर्घरोगी बिरामी रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । निमोनिया भएपछि उहाँ गएको असार ३१ गतेदेखि मेडिसिटी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । 

त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेको कोहलपुर नगरपालिका २ का ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा सोमबार मृत्यु भएको छ । 

यस्तै पर्साको देवयानी १५ का ४५ वर्षीया महिलाको शनिबार नारायणी अस्थायी कोभिड अस्पतालमा निधन भएको हो । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ८० पुगेको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया