राष्ट्र बैंकको निर्देशन : कर्मचारीको पीसीआर खर्च संस्थाले बेहोर्नू, क्वरेण्टीनमा बस्दा तलब नरोक्नू

 साउन २९, २०७७ बिहिबार १९:३९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले कर्मचारीलाई सकभर घरबाटै काम गर्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । 

राष्ट्र बैंकले बढीमा ५० प्रतिशत कर्मचारीलाई मात्रै कार्यालयमा उपस्थित गराउन, अरुलाई घरबाटै काम गराउन, आफ्नो क्षेत्रभन्दा बाहिर गएका र सङ्क्रमितको नजिक रहेको शङ्का लागेका कर्मचारीको पीसीआर परीक्षण गराउन र खर्च संस्थाले नै बेहाेर्न निर्देशन दिएको छ । 

बैंक तथा वित्तीय संस्थामा भेटघाट र बैठक नगर्न, कर्मचारीलाई सम्पूर्ण सुरक्षा सामग्रीका साथ मात्रै काममा खटाउन, सङ्क्रमितको सम्पर्कमा रहेका र कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई होटल क्वरेण्टीनमा सुरक्षित राख्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । 

घरबाटै काम गर्ने र क्वरेण्टीनमा बस्ने कर्मचारीको तलब नरोक्न पनि राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । 

 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया