विश्वभर कोरोना : मृतकको संख्या साढे ७ लाख नाघ्यो, एक करोड ३९ लाख उपचारपछि निको

 साउन ३०, २०७७ शुक्रबार १३:१२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या साढे ७ लाख नाघेको छ । 

२ करोड १० लाख जनामा कोरोना पुष्टि भएकोमा ७ लाख ५७ हजारभन्दा धेरैको ज्यान गएको वल्ड्रोमिटरले जनाएको छ । 

वल्ड्रोमिटरका अनुसार एक करोड ३९ लाख भने उपचारपछि निको भएका छन् । अहिले आइसोलेशनमा रहेका ६३ लाख ९० हजारमध्ये एक प्रतिशत अर्थात साढे ६४ हजारको अवस्था जटिल रहेको र बाँकी ६३ लाख २६ हजारको अवस्था सामान्य छ । 

सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ५४ लाखभन्दा धेरैमा कोरोना पुष्टि हुँदा १ लाख ७० हजारको ज्यान गएको छ । यस्तै ब्राजिलमा ३२ लाख २९ हजारमा संक्रमण पुष्टि हुँदा १ लाख ५ हजारको ज्यान गएको र संक्रमितका हिसाबले धेरै भएका भारतमा २४ लाख ६१ हजारमा कोरोना पुष्टि भएको र ४८ हजारको ज्यान गएको वल्डोमिटरले जनाएको छ ।

 ज्यान गुमाउनेको हिसावले भारत चौथाे स्थानमा छ । ५५ हजारभन्दा धेरैको ज्यान गएको मेक्सिकोमा ज्यान गुमाउनेको संख्या धेरै हुने देशको सूचीमा तेस्रो स्थानमा छ ।


 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया