आज बाढी, पहिरो र डुबानको जोखिम, सचेत रहन आग्रह

 साउन ३१, २०७७ शनिबार ८:१४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पानी परिरहेकाले आज बाढी, पहिरो र डुबानको जोखिम देखिएको छ । 

 भिरालो जमिन आसपास पहिरो जान सक्ने र विभिन्न नदीमा एक्कासी बाढी आउँन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

महाशाखाले दाङ, बाँके, बर्दिया, कैलाली र आसपास धेरै ठाउँमा ठूलो पानी परेकाले साना नदीमा एक्कासी बाढी आएर होचा ठाउँमा डुबान हुन सक्ने भएकाले बिहान ९ बजेसम्म सतर्क रहन आग्रह गरेको छ । 

यस्तै बबई नदीजलाधारको गुलरिया, रानीजरूवा, रम्वापुरलगायत बर्दियाको धेरै ठाउँमा ठूलो पानी परेको र अझै पर्ने क्रममा रहेकाले आसपासको डुबान भइरहने होचा ठाउँका बासिन्दालाई बिहान १० बजेसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 यसैगरी धनकुटामा तमोर मुलघाटदेखि सप्तकोशी दोभानसम्मको तटीय क्षेत्रमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ । यसैगरी गोरखाको बारपाक, आरूघाट, विरेनचोकलगायत धेरै ठाउँमा तथा लमजुङको बेँसीशहर, खुदीबजार लगायत केही ठाउँमा ठूलो पानी परेकाले बाढी र पहिरोको जोखिम रहेको भन्दै महाशाखाले बाढी र पहिरोको जोखिम रहेको जनाएको छ ।


 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया