ललितपुर महानगरपालिकाले १०६ औँ स्थापना दिवस मनाउँदै
पुस २, २०८१ मंगलबार
काठमाडौं – वर्षा लागेसँगै स्क्रब टाइफस रोगका बिरामी बढेका छन् । यो रोगको समयमै पहिचान नहुँदा संक्रमण बढ्दै गएको सरुवा रोग विशेषज्ञ डाक्टरले बताएका छन् ।
विशेषगरी पहाडी क्षेत्रमा स्क्रब टाइफसका बिरामी बढेका पाइएको छ । तर बेलैमा रोगको पहिचान गरी उपचार गराउन नसक्दा बिरामीको अवस्था जटिल बन्ने गरेको सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनले बताउनुभयो । वर्षा लागे पछि स्क्रब टाइफसको जोखिम धेरै हुने डाक्टरले बताउँदै आएका छन् ।
यसपाली वर्षा लागेपछि १० जना भन्दा धेरैमा स्क्रब टाइफसको लक्षण देखिएको पाइएको छ । काठमाडौं उपत्यकासँगै धादिङ, सिन्धुपाल्चोक लगायत सर्लाहीमा पनि यो रोगका बिरामी भेटिएका छन् । साउन र भदौ महिनामा यो रोगको संक्रमण बढी हुने डाक्टर पुनले बताउनुभयो ।
डाक्टर पुनका अनुसार मुसामा पाइने किर्ना जस्तो संक्रमित स–साना किराको टोकाइबाट मानिसमा स्क्रक टाइफस रोग सर्दछ । गएको आर्थिक वर्ष २०७४/७५ मा काठमाडौं उपत्यकामा मात्रै ३ सय भन्दा बढीमा स्क्रब टाइफसको संक्रमण देखिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।