एसईईका विद्यार्थीलाई टेलिकमको अफर, सिम कार्ड र मासिक ३ हजार एमबी डाटा निःशुल्क

 भदौ २, २०७७ मंगलबार १७:४२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल टेलिकमले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीहरुका लागि आकर्षक प्याकेज सार्वजनिक गरेको छ । 

टेलिकमले एसईईमा सहभागी विद्यार्थीलाई निःशुल्क सिम कार्ड र सीमित भ्वाइस कल तथा इन्टरनेट डाटा प्याक पनि निःशुल्क दिनेछ । कुनै विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने त्यही सिममा अफर उपलब्ध गराउने व्यवस्था समेत टेलिकमले गरेको छ । 

नयाँ सिम लिनका लागि विद्यार्थीहरुले एसईई प्रवेश–पत्रको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ । सिम लिइसकेपछि अफरहरु प्राप्त गर्नका लागि नयाँ मोबाइल नम्बरबाट *१६००# मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्ममिति (विक्रम संवत्)  उल्लेख गर्नुपर्छ । 

नयाँ लिइएका सिम कार्ड एक्टिभ भएपछि उनीहरुलाई विद्यार्थी रजिस्ट्रेशन प्याक योजना अन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी र पाँच वटा एसएमएस गर्न तथा एक सय एमबी डाटा प्रयोग गर्न सकिने गरी मासिक तीन हजार एमबी डाटा, तीन सय ५० मिनेट टक टाइम र एक सय ५० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ । 

नयाँ सिममा ५० रुपैयाँ वा त्योभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि पाँच सय एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधासमेत उपलब्ध हुनेछ । यो बोनस बापत पाइएको सुविधा तीन दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ । हरेक पटक रिचार्ज गरेपछि प्राप्त हुने सुविधा एक वर्ष अवधिसम्म उपयोग गर्न सकिनेछ ।

कोरोनाको कारण कार्यालयमा उपस्थित हुन सहज नहुने भएकाले विद्यार्थीहरुले पहिलेदेखि नै प्रयोग गरिरहेको नेपाल टेलिकमको मोबाइल नम्बरमा विभिन्न प्याक उपलब्ध गराइनेछ । यसका लागि पहिलेदेखि नै प्रयोग गरिरहेको कम्पनीको मोबाइलबाट *१६००# मा डायल गरी प्राप्त निर्देशनअनुसार सिम्बोल नम्बर र जन्ममिति उल्लेख गर्नुपर्दछ । त्यसपछि नेपाल टेलिकमले प्राप्त सूचनाका आधारमा त्यो सिमलाई विद्यार्थी सिमका रुपमा रजिस्ट्रर गर्दछ । यसरी रजिस्ट्रर भएका सिम कार्डबाट विद्यार्थी रजिस्ट्रेसन प्याक सहजै प्राप्त गर्न सकिनेछ । 

एसईईका विद्यार्थीहरुका लागि कम्पनीले निःशुल्क प्रदान गरेका वा पहिलेदेखि नै प्रयोगमा रही विद्यार्थी सिमका रुपमा रुपान्तरण गरिएका सिम कार्डमा मागअनुसार स्वतः ई–शिक्षा प्याकेजसमेत उपलब्ध गराउनेछ ।

यसअघि ई–शिक्षा प्याकेजमा प्रदान गरिएको बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्र प्रयोग गर्न सकिने समयावधिलाई थप गरी अबदेखि बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिने बनाइएको छ  ।  

नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा प्रमुख ब्यालेन्सको रुपमा उपलब्ध हुने १० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् भने यो बाहेक ४० मिनेट टक टाइम र २० वटा एसएमएससहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन् । त्यसैगरी त्यही अवधिमा ६० एमबी डाटा पनि चलाउन सकिनेछ । यी अफरसहितका सिम अहिलेलाई तीन महिनासम्म उपलब्ध गराइनेछ ।  

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

8 Comments

  • Lb

    Aug. 19, 2020, 10:07 a.m.

    What happened if my sim registered in parent name?

  •  0 Reply
  • Raj narayan mehta

    Aug. 18, 2020, 10:32 p.m.

    I am also take this sim card

  •  0 Reply
  • Bikram Timilisina

    Aug. 18, 2020, 9:42 p.m.

    Thanks you so much

  •  0 Reply
  • PradipShrees

    Aug. 18, 2020, 9:15 p.m.

    Good

  •  0 Reply
  • Manish Acharya

    Aug. 18, 2020, 8:25 p.m.

    I am see student.😊

  •  0 Reply
  • Ujjwal chapagain

    Aug. 18, 2020, 8:24 p.m.

    I thought this is better idea for more fast network speed and more facilities.

  •  0 Reply
  • Manoj Regmi

    Aug. 18, 2020, 6:31 p.m.

    Want for online class

  •  0 Reply
  • Bishal Gupta

    Aug. 18, 2020, 6:11 p.m.

    nice sponsor for see corona batch due to this pandemic some students are not provide fast internet facility for preparation of entrance exam

  •  0 Reply

तपाईको प्रतिक्रिया