दोलखामा खोलाले बगाएर एक महिलाको मृत्यु

 साउन २२, २०७५ मंगलबार १३:२२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

दोलखा – कालिञ्चोक गाउँपालिकामा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ ।

कालिञ्चोक गाउँपालिका–६ लापिलाङ्गकी  ३४ वर्षीया विष्णुमाया खड्काको स्थानीय खहरे खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । 

हिजो दिउँसो गोठमा गाईभैँसीलाई घाँस हालेर फर्कदै गरेकी खड्कालाई खोलाले बगाएको प्रहरीले जनाएको  छ ।


 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया