रणवीर सिंहको भाइ ‘खोज्दै’ करण जोहर

 साउन २२, २०७५ मंगलबार १५:२:४४ | एजेन्सी
unn.prixa.net

करण जोहरले आफ्नो पछिल्लो फिल्म ‘ए दिल हे मुश्किल’ पश्चात कुनै पनि फिल्म निर्देशन गरेका छैनन् ।

उनी फिल्म निर्देशन गर्दा फिल्मको हरेक पक्षमा विशेष ध्यान दिएर, समय लगाएर फिल्म निर्देशन गर्ने निर्देशकहरुमध्येका एक हुन् । त्यसैले उनले निर्देशन गर्ने अधिकांश चलचित्रहरु सुपरहिट हुने गर्दछन् । त्यसको पछिल्लो उदाहरण ‘ए दिल हे मुश्किल’ पनि हो । 

यीनै सुपरहिट निर्देशक करन अहिले आफ्नो नयाँ फिल्मको निर्देशनको तयारीमा जुटेका छन् । जसमा मुख्य भूमिकामा रणवीर सिंह हुनेछन् भने उनलाई फिल्ममा आलिया भट्ट र करिना कपूरले साथ दिनेछन् । 

दुई दाजुभाइ र दिदीबहिनीको कथामा आधारित यस फिल्ममा रणवीर सिंहको सानो भाइ नकारात्मक भूमिकामा हुनेछ । करन जोहरले पहिले रणवीर कपूरलाई भाइको रोलमा कास्ट गर्ने कुरो पक्का भइसकेको थियो तर पछि रणवीर कपूरले फिल्ममा खासै चासो नदेखाएपछि हाल करन फिल्मको अर्को लिड क्यारेक्टरको खोजीमा रहेका छन, जो फिल्ममा रणवीर सिंह को भाइको भूमिकामा रहने छन् । फिल्ममा आलिया भट्ट र करिना कपूर दिदीबहिनीको भूमिकामा रहने छन् ।

यसअघि रणवीर कपूरले फिल्मका लागि हुन्छ भने पनि पछि फिल्म नगर्ने निर्णयलाई लिएर अहिले विभिन्न खाले खबरहरु आइरहेका छन् । एकातिर फिल्ममा रणवीर कपूरको नकारात्मक भूमिका भएका कारण फिल्म नगर्ने निर्णय लिएको भन्ने खबर छ भने अर्का तर्फ उनी दुई हिरो भएको फिल्ममा काम गर्ने नचाहेको भन्ने पनि छ । 

रणवीर कपूरले फिल्म गर्न नमानेपछि अहिले करण जोहर अर्का अभिनेता वरुण धवनलाई यस फिल्ममा लिन चाहन्छन् तर वरुण धवनले यस फिल्ममा काम गर्ने नगर्ने भन्ने कुराको कुनै टुंगो लागेको छैन । यो फिल्म २०१९ को अप्रिलदेखि छायाँकंन सुरु गरिनेछ । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया