गौरीशंकरको काखैमा माथिल्लाे तामाकोशी

 भदौ ९, २०७७ मंगलबार ९:५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चारैतिर हरिया डाँडा र अग्ला हिमशिखरको काखैमा छ, माथिल्लो तामाकोशी जलविद्युत आयोजना । दोलखा जिल्लाको बिगु गाउँपालिकामा पर्ने लामाबगर भन्ने ठाउँमा निर्माणधीन माथिल्लो तामाकोशी जलविद्युत आयोजना नेपालका राष्ट्रिय गौरवका आयोजनामध्येकै एक हो ।

सप्तकोशी नदीको सहायक नदीहरुमध्ये एक तामाकोशी नदीमा निर्माण भइरहेको यस आयोजनाको जडित क्षमता ४५६ मेगावाट र औसत वार्षिक ऊर्जा उत्पादन २ अर्ब २८ करोड युनिट हुने बताइएको छ । यो आयोजना सदरमुकाम चरिकोटबाट उत्तरी दिशातर्फ तामाकोशी नदीको उपल्लो खण्डमा पर्दछ ।

हाइड्रोपावरको इन्टेक कलकल बग्ने तामाकोशी नदीको किनारैमा रहेको छ । सुन्दरताले भरिपूर्ण गौरीशंकरको काखैमा रहेको यस आयोजनाको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको छ ।

वरिपरी हरिया पहाड र पहाडभन्दा पनि अग्ला सेताम्य गौरीशंकरका हिमचुचुराले लाग्छ, उपल्लो तामाकोशी जलविद्युत आयोजनासँगै यो पर्यटकीय गन्तव्य पनि हो । चारैतिर सुन्दर पर्यावरणका छटाले सजिएको यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि पनि आकर्षणको केन्द्र हुन सक्छ ।

यो आयोजनाले सबैभन्दा सुक्खा मौसममा पनि दैनिक ४ घण्टासम्म पूर्ण क्षमतामा विद्युत उत्पादन गर्छ । यस आयोजनाको सबैभन्दा आकर्षक पक्ष भनेको लामाबगरमा हजारौं वर्षअघि बनेको प्राकृतिक बाँधको कारणले छोटो सुरुङ निर्माणबाट पानी खसाल्ने उच्च वाटर हेड र दैनिक पिकिङको लागि कम उचाइको बाँधबाट नै १२ लाख घनमिटर क्षमताको जलाशयको उपलब्धता हुनु हो ।

यही वर्षको कात्तिक, मंसिरसम्म आयोजनाको 'वाटरथ्रु' गर्ने भनिए पनि कोरोना महामारीका कारण निर्माण कार्य लम्बिएको आयोजनाका प्रवक्ता डा. गणेशप्रसाद न्यौपाने बताउनुहुन्छ । 'कोरोनाका कारण अत्यावश्यक सामानहरु कलकत्ताबाट नेपाल ल्याउन सकिएको छैन’ न्यौपानेले भन्नुभयो, ‘यस्तै साइट विज्ञहरु पनि विदेशबाट आउनको लागि उडानहरु सहज भइरहेको छैन, त्यसैले निर्माण कार्य केही लम्बिएको हो ।’

तस्बिर : संगित कर्ण (कर्ण माथिल्लाे तामाकाेशी जलविद्युत आयाेजनामा कार्यरत हुनुहुन्छ ।)

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया