हिमतालमा बेपत्ता विद्यार्थीको खोजीमा गोताखोरसहितको टोली, अझै उद्धार हुन सकेन

 साउन २३, २०७५ बुधबार ७:४:४२ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु –पाचँ दिनदेखि गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धारका लागि शसस्त्रको गोताखोर सहितको टोली खटिएको छ । बेपत्ताहरुको खोजीका लागि जिल्लाको ४ दिनदेखिको प्रयास असफल भएपछि मगंलबार काठमाडौंबाट गोताखोरसहितको टोली घटना स्थल पुगकोे हो ।

जिल्लामा तालिम प्राप्त जनशक्ति र साधन नहुँदा उद्धारमा समस्या भएकाले तालिम प्राप्त जनशक्ति ल्ल्याइएको जिल्ला प्रशासन कार्यलय सोलुखुम्बुले जनाएको छ । उद्धारका लागि शसस्त्र प्रहरी रामचन्द्र खड्काको नेतृत्वमा ५ जना तालिम प्राप्त गोताखोरकाे टोली परिचालित भएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिनुभयो ।

मगंलबार साँझ घटना स्थल पुगेको टोलीले आज बिहानबाट स्थलगत निरीक्षण गरी उद्धार कार्य सुरु गरेका छन् ।  

गोक्यो भ्रमणमा गएका खुम्जुङ माध्यमिक विद्यालयका तीन जना विद्यार्थी ५ दिन देखि तालमा डुबेर बेपत्ता छन् । शैक्षिक भ्रमणमा गएका ३३ जना विद्यार्थी मध्ये तीनजना पौडि खेल्ने क्रममा बेपत्ता भएका हुन । तालमा डुबेर पेम्बा दोर्जे शेर्पा, पेम्बा नुरु शेर्पा र सुनिल बराईली बेपत्ता छन् ।

विद्यार्थी बेपत्ता भएपछि शिक्षक निस्कासित

हिमतालमा डुबेर विद्यार्थी बेपत्ता भएपछि विद्यालयले शिक्षकलाई कारवाही गरेको छ । गएको शनिबार गोक्यो हिमतालमा शैक्षिक भ्रमण विद्यार्थी लगेका खुम्जुङ माविका दुई शिक्षक छुङजिङदोर्जे शेर्पा र रन्जित बललाई विद्यालयले निश्काशन गरेको हो ।

शनिबार कक्षा ९ मा अध्ययनरत ३३ जना विद्यार्थीहरुलाई गोक्यो भ्रमणमा लगेका २ जना शिक्षकले विद्यालयको मन्जुरी बिना नै भ्रमणमा लगेको विद्यालयले जनाएको छ । 

५ लाखभन्दा बढी खर्च, बेपत्ता अझै फेला परेनन् 

खुम्बु पासाङल्हामु गाउँपालिकाले बेपत्ता विद्यार्थीको खोजीमा अहिलेसम्म ५ लाख  रुपैयाँभन्दा बढी खर्च भैसकेको जनाएको छ । खोजीका लागि गाउँपालिकाले हेलिकप्टर व्यवस्थापनलगायत अन्य कार्य गर्न रकम खर्च भएको गाउँपालिकाले जनाएको छ । खर्च भए पनि बेपत्ता फेला पार्न सकेको छैन ।

उद्धारका लागि परिचालित जनशक्ति तथा स्रोत साधन व्यवस्थापनको सम्पूर्ण काम गाउँपालिकाले गरेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । घटना भएको दिनदेखि नै गाउँपालिकाले विद्यार्थीको उद्धारको लागि प्रयास गरिरहेको गाउँपालिका अध्यक्ष ङिमजोर्जी शेर्पाले बताउनुभयो ।

याे पनि पढ्नुहाेस् । 

बेपत्ता विद्यार्थीको खोजीमा सेना परिचालन
 

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया