गुफामा पन्ध्र वर्षदेखि झाँक्रीद्वारा बन्धक बनाइएकी युवतीको उद्धार

 साउन २३, २०७५ बुधबार १५:१९:४५ | एजेन्सी
unn.prixa.net

इन्डोनेसियामा प्रहरीले एक जना झाँक्रीद्वारा गुफामा १५ वर्षदेखि बन्धक बनाइएकी २८ वर्षीया महिलाको उद्धार गरेको छ । गएको आइतबार सेन्ट्रल सुलावेसीको एउटा गुफाबाट प्रहरीले युवतीको उद्धार गर्नुका साथै आफूलाई झाँक्री बताउने एक वृद्धलाई पक्राउ गरेको छ । 

८३ वर्षीय वृद्ध झाँक्रीले ती ती युवतीलाई १३ वर्षको उमेरमा नै बन्धक बनाएका थिए । जागो नामले चिनिने ती वृद्धले कालो जादु जानेको विश्वास स्थानीयले गर्दथे । प्रहरीका अुनसार सन् २००३ मा एउटा परिवारले १३ वर्षीया बालिकालाई उपचारका लागि भन्दै ती वृद्धकोमा पुर्याएको थियो । 

त्यही वर्ष नै ती युवती हराएकी थिइन् । ती महिलाको परिचय एचएसको रुपमा मात्रै खुलाइएको छ । ती वृद्धले ती युवतीलाई १५ वर्षको उमेरदेखि नै यौन शोषण गरेको खुलेको प्रहरीले जनाएको खबर जर्काता पोस्टमा छ । 

ती झाँक्रीले आफूले जिन(आत्मा) लाई चिनेको भन्दै युवतीलाई त्यसैसँग बिहे गराइदिने भनेर फकाएको प्रहरीले बताएको छ । 

उद्धारपछि युवतीको स्वास्थ्य जाँच गरिएको छ । १५ वर्षसम्म अँध्यारो गुफामा प्रताडित जीवन बिताउनुपर्दा उनमा मनौवैज्ञानिक असर पुगेको हुन सक्ने चिकित्सकहरुले बताएका छन् । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया