शेयर बजार ४५ अङ्कभन्दा धेरैले बढ्यो, कारोबार रकम सवा ५ अर्ब र...
जेठ ६, २०८१ आइतबार
म ३१ वर्षको भएँ । परिवारमा खर्च बढ्न थालेपछि विदेशिनुको विकल्प मेरा लागि थिएन । विदेश गएर आमाबुबा र श्रीमती दुर्गाका साथै दुई सन्तान कृतिका र कृजनलाई राम्रो विद्यालयमा पढाउने सपना थियो ।
दुवईमा बसेको ४ वर्ष भयो । तर घर फर्कंदा हातमा केही थिएन । कमाएको पैसा सबै घरमा पठाएको थिएँ । तर त्यो पैसा मेरी श्रीमती दुर्गाले कसरी खर्च गरिन थाहा भएन । मेरी श्रीमती दुर्गा माइत जाँदा मोबाइल अफ हुन्थ्यो । ११ वर्षअघि उनीसँग मेरो प्रेम विवाह भएको थियो ।
नेपाल फर्कंदा त ऋण पो लागेको थियो । विश्वासले म उनलाई भनेजति पैसा पठाउँथे । ऋणका कारण अहिले पनि म दुवईमा छु ।
श्रीमतीलाई पनि १७ महिनाअघि दुवई ल्याएँ । दुवईमा सँगै छँदा पनि उनले मलाई मोबाइल छुन समेत दिन्नथिन् । यहाँ आएको १५ महिनापछि उनेले आफू बिरामी भएको बताइन र नेपाल जाने भनेर जिद्दी गरिन् ।
मैले उनी काम गर्ने कम्पनीमा गएर हात जोडेर पासपोर्ट फिर्ता लिएँ । त्यसपछि उनी नेपाल फर्किन् । नेपाल पुगेको एक महिनापछि उनी बेपत्ता भएको थाहा पाएँ । म उनलाई खोज्न नेपाल पुगेँ ।
तर उनी फेरि दुवई पुगिसकेकी रहेछिन् । नेपाल पुगेपछि मात्रै मैले थाहा पाएँ उनी अर्कैको प्रेममा परेकी रहेछिन् । भारतीय नागरिकसित दुवईमा नै बसेको भन्ने सुनेको छु । अहिले मेरो परिवार भताभुंग भएको छ । दुई सन्तान कृतिका र कृजन विचल्लीमा परेका छन् ।
दुर्गा र उनको भारतीय प्रेमीले बारम्बार ज्यान मार्ने धम्की दिने गरेका छन् । यसबारेमा नेपाली दूतावासमा उजुरी गर्न खोज्दा पनि फोन उठ्दैन । म पीडामा छु ।डरैडरमा बस्नु परेको छ । अब मैले के गर्ने होला ?
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
SUBASH PANTHA
Sept. 4, 2018, 4:01 p.m.पुलिसलाई कल गरेर रिपोर्ट गर्नुस, यस्ता महिलालाई त जिउँदै जलाउनुपर्छ /