धरहरा छेउको भवन भत्काउने क्रममा डाेजर चालक घाइते

 भदौ १८, २०७७ बिहीबार १९:१४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – धरहराको पुनर्निर्माणमा खटिएका एक जना कामदार भवन भत्काउँदै गर्दा च्यापिएर घाइते भएका छन् । 

सप्तरी घर भएका डोजर चालक २४ वर्षीय विष्णु शाह घाइते भएका हुन् । उनको अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ एवं धरहरा पुनर्निर्माणको काम हेर्दै आउनुभएका राजुमान मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहीबार दिउँसो सञ्चय कोषको दक्षिणतर्फको भवन भत्काउँदै गर्दा थिचिएर शाह घाइते भएका हुन् । उनको कम्मरमुनिको भागमा चोट लागेको छ ।

धरहरा पुनर्निर्माणमा अहिले दुई सय ६० जना कामदार खटिएका छन् । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न काठमाण्डौ उपत्यकाभित्र लगाइएको निषेधाज्ञाका बेलामा पनि धरहरा पुनर्निर्माणको काम भइरहेको छ । धरहरा पुनर्निर्माणमा टावर निर्माणको काममध्ये आधा सकिएको छ । 
 

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया