झापाको अर्जुनधारामा एक सातामा २ बलात्कारको घटना

 साउन २३, २०७५ बुधबार १७:१४:१० | सुश्मा राजवंशी
unn.prixa.net

झापा – चार वर्षीया बालिकामाथि बलात्कार भएको एक साता बित्न नपाउँदै झापाको अर्जुनधारामा फेरि १३ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास भएको छ । 

शनिश्चरे प्रहरी चौकीका अनुसार सोमबार राति राति पौने १० बजे शौचालय गएकी दिदीलाई कुरिरहेकी १३ वर्षीया बालिकामाथि सामुहिक बलात्कारको प्रयास भएको हो ।

मामाघरमा बस्दै आएकी ती बालिकालाई आरोपितद्वय अर्जुनधारा ९का २८ वर्षीय बालकृष्ण घिमिरे र २४ वर्षीय पेमा तामाङले जबरजस्ती बलात्कारको प्रयास गरेको शनिश्चरे प्रहरी चौकीका प्रमुख सुरेशकुमार संग्रौलाले बताउनुभयो ।

घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच ्बुधबार बिर्तामोडमा विभिन्न महिला संगठनहरुले बलात्कारीलाई कडा कानुनी सजायको व्यवस्था गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

उनीहरुले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग गरेका छन् । गएको साता अर्जुनधारा–२ झेलेनीका १५ वर्षीय किशोरले ४ वर्षीया वालिकालाई बलात्कार गरेका थिए ।
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुश्मा राजवंशी

झापामा बसेर पत्रकारिता गर्ने सुश्मा राजवंशी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया