भारतमा लकडाउन सुरु भएसँगै बन्द भएको मेट्रो रेल सेवा पनि खुल्यो

 भदौ २२, २०७७ सोमबार १४:२६:२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – झण्डै साढे पाँच महिनादेखि बन्द रहेको भारतको मेट्रो रेल सेवा सोमबारदेखि सञ्चालनमा आएको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्न गएको मार्च अन्त्यतिर लकडाउन गरिएसँगै मेट्रो रेलको सेवा पनि बन्द भएको थियो । 

कोरोना सङ्क्रमण बढिरहेका बेला प्रतिबन्धहरु हटाउँदै जनजीवन सामान्य बनाउने प्रयास गरिरहेको भारतले मेट्रो रेल सेवा पनि सुरु गरेको बीबीसीले जनाएको छ । यात्रुहरुले स्टेशनको प्रवेशद्वारमा स्यानिटाइजर लगाउने, ज्वरो नाप्ने, सम्भावित लक्षण हेर्ने जस्ता प्रक्रिया पूरा गरेर यात्रा सुरु गर्नुभन्दा १०/१५ मिनेट अघि रेलमा बसिसक्नुपर्ने खबरमा उल्लेख छ । 

व्यक्तिगत दुरी कायम गर्नुपर्ने, सतह छुन नपाइने, मास्क लगाउनुपर्ने, साथमा स्यानिटाइजर हुनुपर्ने जस्ता व्यवस्थालाई कडाइका साथ पालना गर्ने गरी मेट्रो रेल सुरु भएको बीबीसीले जनाएको छ । भारतका सबै प्रान्तीय सरकारले आइतबारदेखि सुरु गरेर क्रमिक रुपमा सबै ठाउँका मेट्रो रेल सुरु गर्ने केन्द्रीय सरकारले जनाएको छ ।  

कोरोनाका सङ्क्रमितको सङ्ख्याको आधारमा अहिले दोस्रो स्थानमा रहेको भारतमा ४२ लाख आठ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमितमध्ये ३२ लाख ५० हजारभन्दा धेरै निको भएर घर फर्किएका छन् भने ७१ हजार सात सयभन्दा धेरैको ज्यान गएको छ ।  

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया