कर्णाली करिडोरमा बाढी र पहिरोले क्षति गरेको सडककाे मर्मत सुरु

 भदौ २३, २०७७ मंगलबार ८:२३:५८ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा - राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरमा बाढी र पहिरोले क्षति गरेका ठाउँमा निर्माण कार्यदलले मर्मतको काम सुरु गरेको छ । 

सुर्खेतबाट कालीकोट, बाजुरा हुँदै हुम्ला जाने सडक कर्णाली करिडोर हो । पहिरोका कारण कालीकोट खण्डमा सबैभन्दा बढी क्षति गरेको छ । कालीकोटको सान्नीघाटमा एक सय १४ मिटर बढी सडकखण्ड बगेको छ । अहिले बाजुराको काब्रीसम्मको पहिरो पन्छाएर आंशिक रुपमा गाडी चलाउने निर्माण कार्यदलले जनाएको छ । 

आर्थिक वर्ष २०६५/६६ देखि ठेक्का प्रक्रियाबाट थालिएको करिडोर निर्माणको काममा आशालाग्दो प्रगति नभएपछि २०७१ चैतदेखि नेपाली सेनालाई जिम्मा दिएको थियो । नेपाली सेनाले करिडोर अन्तर्गत बाजुराको भू-भाग छिचोलेर हुम्लाको बालकुमारसम्म गाडी चल्न सुरु भएको छ ।

 करिडोर अन्तर्गत हुम्लाको सदरमुकाम सिमीकोटसम्मको लम्बाइ १ सय ९६ किलोमिटरमा, ४० किलोमिटर कालीकोट खण्ड, ४४ किलोमिटर बाजुरा खण्ड र १ सय १३ किलोमिटर हुम्ला खण्ड रहेको छ । नेपाली सेनाले हुम्लाको सर्केगाडसम्म निर्माणको जिम्मा पाएको छ ।

 एक सय २२ किलोमिटर सडकमा ट्रयाक खोलिएको छ । यसैबीच साँफे बगर-मार्तडी सडकखण्डमा सडक विभागले काम सुरु गरेको छ तर बेलिब्रिज बगाएको र धेरै ठाउँमा बाटो बिग्रेका कारण अझै समय लाग्ने साँफे बगर-मार्तडी सडक डिभिजन कार्यालयका इन्जिनियर दमन बिष्टले बताउनुभयो । 

साँफेबगर-मार्तडी सडकखण्ड २ महिनादेखि बन्द छ । बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध यो सडकखण्ड प्रयास गर्दागर्दै पनि खुलाउन नसकिएको सडक विभागले जनाएको छ । 

यो सडकखण्डको अम्कोट, ताप्रीसेरा, घट्टेखोलालगायतका ठाउँमा पहिरोसमेत गएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया