‘रोमान्स गर्नु छ भने सडकमा हैन घरमै लिएर आउनु,’ सलमानका बाबुले छाेराछाेरीलार्इ सम्झाउँथे

 साउन २३, २०७५ बुधबार २०:१५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

सलमान खानको टीभी शो ‘दशका दम’ अहिले निकै चर्चामा रहेको छ ।

हालै सेलिब्रेटी पाहुना रहेको दशका दम - दमदार सण्डेको एक अंकको सुटिङका क्रममा सलमानले आमन्त्रित पाहुना सेलिब्रेटीलाई एक प्रश्न राखे ‘कति प्रतिशत भारतीय सार्वजनिक स्थलमा रोमान्स गरिरहँदा  प्रहरीबाट गाली खान्छन ?’

यस प्रश्नको जवाफ सेलिब्रेटी पाहुनाबाट आउनुअघि नै उनले पाहुनालाई बीचमै रोक्दै भने ‘यो निकै दुखद कुरो हो कि युवा अवस्थामा सबैसँग पैसा लगायतका कुराहरुको कमी हुन्छ, त्यसैले उनीहरुले यस्तो अवस्थाको सामना गर्नु पर्दछ । तर मेरो प्रसंगमा भने कुरो फरक थियो, मलाई मेरो पिता सलिम खानले स्पष्ट निर्देशन दिनुभएकाे थियाे कि, यदी कुनै केटी साथीसँग रोमान्स गर्नु छ भने सडकमा हैन घरमै लिएर आउनु, र यो मलाई मात्र हैन मेरो दाजुभाइ सोहेल, अरबाज र दिदीबहिनी हरु अरपिता र अलबिरालाई समेत भनिएको थियो ।’

सलमानको यो स्वीकारोक्ति उनको व्यवहारिक जीवनमा पनि निकै लागु हुन्छ । 

किनकि उनका विभिन्न काल खण्डका गलफ्रेन्डहरु संगिता बिजलानी, एेश्वर्या राय, कट्रिना कैफ र हाल लुलिया भन्तुर सबैको सलमानको घर परिवारका सदस्यहरुसँग निकै राम्रो सम्बन्ध रहेको छ ।

अझ लुलिया त मुम्बईमा सलमानकै घरमा बस्ने गर्छिन ।


 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया