भारतमा एकैदिन ९५ हजार ७३५ सङ्क्रमित थपिए

 भदौ २५, २०७७ बिहीबार १२:५४:२२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतमा पछिल्लो २४ घण्टामा ९५ हजारभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिन ९५ हजार सात सय ३५ जनामा सङ्क्रमण देखिएको हो । भारतमा एकैदिन सङ्क्रमण पुष्टि हुनेको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । 

कोभिड–१९ सङ्क्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा एक हजार एक सय ७२ जनाको ज्यान गएको छ । 

अब भारतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४४ लाख ६५ हजार पुगेको छ । 

त्यहाँको स्वास्थ्य मन्त्रालयले भनेको छ, ‘भारतमा अहिले नौ लाख १९ हजार १८ जना सक्रिय सङ्क्रमित रहेका छन् भने ३४ लाख ७१ हजार सात सय ८४ जना सङ्क्रमित भएपछि पनि निको भइसकेका छन् ।’

बुधबार मात्रै भारतमा ११ लाख जनाको कोरोना परीक्षण भएको थियो । 

केही दिनयता कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढ्न थालेपछि भारत सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या हुने देशमा दोस्रो स्थानमा रहेको छ ।

यसअघि ब्राजिल दोस्रो स्थानमा रहेकोमा अहिले तेस्रो स्थानमा छ । पहिलो नम्बरमा भने अमेरिका यथावत् छ ।  

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • dhama paudyal

    Sept. 10, 2020, 1:18 p.m.

    यसै गरी बृद्धी हुने हो भने आजको १५ दिन पछी कोरोना बाट संक्रमित हुनेको लिस्ट मा इन्डिया १ नं मा पुग्ने छ । खुसी त लाग्छ तर खुसी हुनु नहुने दुइ कारण छन्, एक त मान्छे मर्दैछन लाखौले दुख पाउदैछन, अर्को कुरो हाम्रो खुल्ला सिमाना का कारण इन्डिया मा फैलियेको डढेलो सजिलै नेपालमा सल्कदैछ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया