पुष्प व्यवसायको साढे ६ अर्ब लगानी जोखिममा

 भदौ २७, २०७७ शनिबार ९:१०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरसका कारण पुष्प व्यवसायको साढे ६ अर्ब लगानी जोखिममा परेको छ ।

बिस्तारै उकालाे लाग्दै गरेकाे पुष्प व्यवसाय कोरोना भाइरसको सङ्क्रमणका कारण फेरि जाेखिममा पर्न थालेको छ । मुख्य सिजनमा नै भएको लकडाउन निषेधाज्ञा लगायतका कारण उत्पादन भएका फूल त्यसै खेर गएको छ भने लगानी नउठ्दा व्यवसायी पलायन हुन थालेका छन् । 

अहिले सबैभन्दा धेरै कट्फ्लावरमा नोक्सानी भएको फ्लोरिकल्चर एसोसिएशन अफ नेपालले जनाएको छ । कट्फ्लावरले बजार नपाएपछि २० प्रतिशतले रोजगारी गुमाएका छन् । कट्फ्वारमा मात्रै व्यवसायीको साढे २ अर्बभन्दा धरै लगानी छ । यसअघि कट्फ्लावरबाट वार्षिक एक अर्ब रुपैयाँको कारोबार हुने गरेकोमा अहिले प्राय: शून्य रहेको फ्लोरिकल्चर एसोसिएशनका अध्यक्ष कुमार कसजुले बताउनुभयो । 

कोरोनाका कारण पर्यटन वर्ष स्थगित हुनुका साथै सभा सम्मेलन र मठ मन्दिर बन्द हुँदा व्यवसायीको लगानी जोखिममा परेको हो । कट्फ्लावरको उत्पादन भइरहे पनि खुद्रा पसल बन्द हुँदा त्यसै फाल्नु परेको पुष्प व्यवसायीले बताएका छन् ।

नेपालमा भारत र युरोपेली देशबाट कट्प्लान्ट ल्याएर कट्फ्लावरको उत्पादन हुँदै आएको छ । कट्फ्लावरका लागि आधुनिक पूर्वाधारको निमार्ण गर्नु पर्ने भएकाले यो व्यवसाय अन्य पुष्प खेतीको तुलनामा खर्चिलो हुने व्यवसायीले बताएका छन् । 

कट्फ्लावरसहित अन्य फूलको व्यवसायमा अहिले सात सयभन्दा धेरै व्यवसायी आबद्ध छन् । एक सय ५७ हेक्टर क्षेत्रफलमा फूलको खेती भइरहेको छ ।


 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया