कर्णालीलाई हराउँदै जनकपुर एनपीएलकाे फाइनलमा
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - विश्वमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना भाइरस सङ्क्रमित थपिएका छन् ।
हिजो एकैदिन तीन लाख ७ हजार ९ सय ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै भारत, अमेरिका र ब्राजिलमा सङ्क्रमित थपिएका हुन् । भारतमा हिजो एकैदिन ९४ हजारभन्दा धेरै, अमेरिकामा ४५ हजारभन्दा धेरै तथा ब्राजिलमा ४३ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । संगठनका अनुसार कुल सङ्क्रमितको संख्या दुई करोड ८६ लाख ३८ हजार पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारत र अमेरिकामा एक हजारभन्दा बढीको तथा ब्राजिलमा ८ सय ७४ जनाको कोरोनाका कारण ज्यान गएको छ । पछिल्लो समय भारतमा दैनिक ९० हजारभन्दा बढी सङ्क्रमित थपिने गरेका छन् । विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ९ लाख १७ हजारभन्दा धेरै पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।