भारतमा डुङ्गा दुर्घटना हुँदा १३ जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
काठमाडौं – गएको आर्थिक वर्षमा नेपालले १२ खर्ब ४३ अर्ब २९ करोड रुपैयाँको सामान आयात गरेको छ । तर निर्यात भने जम्मा ८१ अर्ब १९ करोड १६ लाख रुपैयाँको भएको छ । नेपालको ब्यापार घाटा ११ खर्ब ६२ अर्ब १० करोड पुगेको छ ।
पछिल्लो समय विलासिताका सामाग्रीको आयात बढेकाले ब्यापार घाटा बढेको विश्लेषण पनि भएको छ । तर पेट्रोलियम पदार्थ, फलाम, मेसिनरी सामग्री, गाडी र विद्युतीय लगायतका सामग्री ठूलो मात्रामा आयात भएका छन् । यस्तै नेपालबाट भने कफी, चिया, अलैँची, धागो, कार्पेट जस्तापातालगायतका वस्तु सबैभन्दा धेरै निर्यात भएका छन् ।
गएको वर्षमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ । गएको वर्ष १ खर्ब ९७ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको यो । यो सबैजसो भारतबाट आयात भएको छ । यसबाट सरकारलाई ५४ अर्ब ६८ करोड रुपैयाँ राजश्व आम्दानी भएको छ ।
यस्तै फलाम र स्टिल आयातको दोस्रो नम्बरमा परेका छन् । गएको वर्ष १ खर्ब २५ अर्ब ८८ लाख रुपैयाँ बराबरको फलाम र स्टिल आयात भएको थियो । यसबाट सरकारलाई २३ अर्ब ३२ करोड ३२ लाख रुपैयाँ राजश्व प्राप्त भएको छ ।
सबैभन्दा धेरै आयात हुने वस्तुको तेस्रो नम्बरमा मेसिनरी सामग्री रहेको छ । गएको वर्ष १ खर्ब २५ अर्ब ४४ करोड रुपैयाँको मेसिनरी सामान आयात गरेको छ । यसबाट सरकारले १२ अर्ब ३६ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।
आयातको चौथो नम्बरमा गाडी रहेको छ । गएको वर्ष ८६ अर्ब २९ करोड ७९ लाख रुपैयाँका गाडी नेपाल भित्रिएका छन् । यसबाट सरकारलाई ८० अर्ब २३ करोड २६ लाख रुपैयाँ राजश्व प्राप्त भएको छ ।
आयात भएका वस्तुको पाँचौ नम्बरमा विद्युतीय सामग्री र उपकरण रहेका छन् । गएको वर्ष ७८ अर्ब २८ करोड १७ लाख रुपैयाँ बराबरका विद्युतीय सामग्री आयात भए । यसबाट सरकारले १५ अर्ब २१ करोड ९२ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।
१२ खर्ब ४३ अर्ब २९ करोड रुपैयाँको सामान आयात गर्दा नेपालले जम्मा ८१ अर्ब, १९ करोड १६ लाख रुपैयाँ मूल्य बराबरका सामान निर्यात गरेको छ ।
नेपालले गएको वर्ष सबैभन्दा धेरै चिया, कफी, अलैँचीलगायतका वस्तु निर्यात गरेको छ । गएको वर्ष ९ अर्ब २० करोड रुपैयाँ बराबरको कफी, चिया तथ अलैँची निर्यात भएको छ ।
यस्तै निर्यातको दोस्रो नम्बरमा कच्चा धागो रहेको छ । गएको वर्ष नेपालबाट ८ अर्ब ४२ करोड ५८ लाख रुपैयाँको कच्चा धागो निर्यात भएको छ ।
यस्तै गलैँचा कार्पेट बढी निर्यात हुने वस्तुको तेस्रो नम्बरमा परेका छन् । गएको वर्ष ७ अर्ब ३७ करोड ५१ लाख मुल्य बराबरका गलैँचा तथा कार्पेट निर्यात भएका छन् ।
निर्यातको चौथो नम्बरमा रेडिमेट गार्मेन्ट परेको छ । गएको वर्ष ६ अर्ब २७ करोड रुपैयाँको रेडिमेट गार्मेन्ट निर्यात भएको छ ।
सबैभन्दा धेरै निर्यात हुने वस्तुको पाँचौ नम्बरमा फलाम र जस्तापाता छन् । गएको वर्ष ५ अर्ब १५ करोड रुपैयाँ बराबरका फलाम र जस्तापाता निर्यात भएका छन् ।
गएको वर्ष नेपालले १ सय ५५ देशमा ब्यापार गरेको छ । त्यसमध्ये १ सय २८ देशसँग व्यापार घाटा रहेको छ भने २७ देशमा मात्रै नेपालको व्यापार नाफामा रहेको छ । तर व्यापार नाफामा हुने देशसँग निकै थोरै मात्रामा कारोबार भएको छ । १२ खर्ब ६३ अर्बको आयात भएकोमा जम्मा ८१ अर्बको निर्यात भएको छ ।
मुख्य आयात हुने देश निम्न छन् :
भारत : भारतबाट सबैभन्दा धेरै सामग्री आयात भएको छ । गएको वर्ष भारतबाट ८ खर्ब १० अर्ब ९० करोड रुपैयाँ बराबरको आयात भएको छ ।
चीन : नेपालमा आयात धेरै हुने देशमा चीन दोस्रो नम्बरमा रहेको छ । चीनबाट गएको वर्ष १ खर्ब ५९ अर्ब ९८ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ ।
फ्रान्स : नेपालले आयात धेरै गर्ने देशको तेस्रो नम्बरमा फ्रान्स रहेको छ । गएको वर्ष फ्रान्सबाट २० अर्ब ८३ करोड ६२ लाख रुपैयाँ बराबरको सामग्री आयात भएको छ ।
भियतनाम : नेपालले गएको वर्ष भियतनामबाट १३ अर्ब ५२ करोड ९५ लाख रुपैयाँको सामग्री आयात गरेको छ । नेपालले धेरै सामग्री आयात गर्ने देशको सूचीमा भियतनाम चौथो नम्बरमा रहेको छ ।
युनाइटेड अरब इमिरेट्स : नेपालले सबैभन्दा धेरै सामग्री आयात गर्ने देशको सूचीमा युनाइटेड अरब इमिरेट्स पाँचौ नम्बरमा रहेको छ । गएको वर्ष त्यहाँबाट १३ अर्ब २१ करोड ११ लाख रुपैयाँ बराबरको सामान आयात भएको छ ।
नेपालले सबैभन्दा धेरै सामग्री निर्यात गरेका मुख्य ५ देश :
नेपालले गएको वर्ष ८१ अर्ब १९ करोड रुपैयाँको सामान निर्यात गरेको छ । नेपालले निर्यात गरेका मुख्य देश निम्न छन् :
भारत : गएको वर्ष नेपालले भारतमा सबैभन्दा धेरै सामग्री निर्यात गरेको छ । भारतमा नेपालले ४६ अर्ब ६० करोड रुपैयाँको सामग्री निर्यात गरेको छ ।
अमेरिका : नेपालले सबैभन्दा धेरै सामान निर्यात गर्ने दोस्रो ठूलो देश अमेरिका हो । गएको वर्ष नेपालले अमेरिकामा ९ अर्ब १६ करोड रुपैयाँ बराबरको सामान निर्यात गरेको छ ।
टर्की : निर्यातको तेस्रो नम्बरमा टर्की परेको छ । नेपालले गएको वर्ष टर्कीमा ४ अर्ब ६७ करोड ६४ लाख रुपैयाँ बराबरको सामान निर्यात गरेको छ ।
जर्मनी : जर्मनीमा गएको वर्ष नेपालले ३ अर्ब १३ करोड ९८ लाख रुपैयाँको सामग्री निर्यात गरेको छ । नेपालले सबैभन्दा धेरै निर्यात गर्ने देशको सूचीमा जर्मनी चौथो नम्बरमा परेको छ ।
बेलायत : गएको वर्ष नेपालले बेलायतमा २ अर्ब ८४ करोड ७१ लाख रुपैयाँ बराबरको सामग्री निर्यात गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।