विदेशी पर्यटकका लागि भिसा खुल्यो, स्वदेश फर्कन नपाएकाले ३ डलर तिरेर मंसिरसम्म म्याद थप्न सक्ने

 भदौ २९, २०७७ सोमबार १७:२४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले विदेशी नागरिकका लागि भिसा खुलाएको छ ।

कोरोना महामारी र काठमाण्डौ उपत्यकामा भएको निषेधाज्ञाका कारण रोकिएको भिसा सेवा भदौ २८ गतेदेखि पुनः सुरु गरिएको अध्यागमन विभागले जनाएको छ । गएको चैतदेखि देशव्यापी रुपमा भएको लकडाउन खुलेपछि गएको असार ११ देखि विभागले भिसा सेवा पनि सुरु गरेको थियो ।

तर कोरोनाको जोखिम बढेपछि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू भएपछि फेरि भदौ ४ गतेदेखि स्थगित भएको थियो । तर काठमाण्डौमा निषेधाज्ञा खुकुलो भएसँगै फेरि भिसा सेवा पनि सुरु गरिएको विभागको भनाइ छ ।

पर्यटक, गैरपर्यटकदेखि कामदार भिसा र भिजिट भिसासमेत विभागले जारी गर्न थालेको छ । यस्तै लकडाउनका कारण भिसाको अवधि सकिएर पनि आफ्नो देश फर्कन पाएका विदेशी नागरिकका लागि सरकारले भोलि अर्थात सेप्टेम्बर १५ सम्मको जरिवाना माफ गरिदिएको छ ।

भोलिसम्म आफ्नो देश फर्कने नागरिकले कुनै पनि शुल्क तिर्न पर्दैन । यो अवधिमा पनि फर्कन नसक्नेले ३ डलर शुल्क तिरेर मंसिर मसान्तसम्म भिसाको अवधि बढाउने सक्ने पनि अध्यागमनले जनाएको छ ।

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया