आन्तरिक उडानको लागि ५० प्रतिशत टिकट बुकिङ भइसकेको व्यवसायीको दाबी

 असोज ३, २०७७ शनिबार १६:४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पूर्ण सिट क्षमतामा जहाज उडान पाइने भएपछि व्यवसायीले पर्सिदेखि जहाज उडाउने भएका छन् । अहिलेसम्म ५० प्रतिशत सिट बुकिङ भइसकेको उनीहरुको दाबी छ ।

आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एअरलाइन्स, श्री एअरलाइन्स लगायतले ५० प्रतिशत बुकिङ भइसकेको जनाइएका छन् । । शुरुवाती चरणमा एअरलाइन्सको बुकिङ सन्तोषजनक रहेको वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले बताउनुभयो ।

एअरलाइन्सले जहाजमा पूर्ण क्षमतामै यात्रु राख्न पाउने भएपछि हवाईभाडा पनि नबढ्ने भएको छ । सरकारले तोकेको हवाई भाडादरमै आन्तरिक उडानका वायुसेवा कम्पनीले सेवा सञ्चालन गर्ने सङ्घले जनाएको छ । शुरुको एक हप्ता आन्तरिक उडानका एअरलाइन्सलाई २५ प्रतिशतमात्र उडान अनुमति दिइएको छ ।

छिट्टै उडान सङ्ख्या वृद्धि गरिने कम्पनीले जनाएका छन् । सरकारले असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरे पनि वायुसेवा सञ्चालकले पूर्ण क्षमतामा यात्रु बोक्न पाउनुपर्ने अडान लिएका थिए । अन्तर्राष्ट्रिय उडान भने भदौ १६ देखि नै सञ्चालनमा आएको छ ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया