टुट्यो श्रद्धा र फरहानबीचको प्रेम, फरहानको जीवनमा आइन् नयाँ प्रेमिका

 साउन २४, २०७५ बिहिबार १६:५८:९ | एजेन्सी

अभिनेता फरहान अख्तर र श्रद्धा कपूर लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका थिए । यी दुवैको सम्बन्धबारे मिडियामा कैयौँ खबरहरु पनि आए । फरहान र उनकी पत्नी अधुनाबीचको सम्बन्ध विच्छेदको कारण पनि श्रद्धा नै रहेको बताइएको थियो । 

तर अहिले भने यी दुवै बीचको सम्बन्धमा दरार आएको खबर आएको छ । श्रद्धा र फरहान अलग भइसकेका छन् । अहिले फरहान श्रद्धा कपूरसँग होइन, नयाँ प्रेमिकालाई डेट गरिरहेका छन् । खबरहरुका अनुसार फरहान अख्तरले श्रद्धासँगको सम्बन्ध तोडेर ३७ वर्षीया अभिनेत्री तथा गायिका शिवानी दाण्डेकरको प्रेममा परेका छन । 

फरहान र शिवानीको चिनजान सन् २०१५ मा भएको थियो । पहिल्लो केही समय यता यी दुवै धेरै जसो समय एकअर्काको साथमा बिताइरहेका देखिन्छन् । तर मिडियाले यी दुवैको सम्बन्धबारे प्रश्न गर्दा दुवैका तर्फबाट कुनै पनि प्रतिक्रिया आएको छैन ।

अभिनेत्री श्रद्धा कपूरको नाम फरहार अख्तरसँग जोडिनुअघि उनी आदित्य रोयको पे्रममा रहेका खबरहरु पनि आएका थिए । तर आदित्य र श्रद्धाले आफूहरुबीच प्रेमसम्बन्ध नरहेको भन्दै खबरहरुको खण्डन गरेका थिए । श्रद्धाले आदित्यका साथ फिल्म ‘आशिकी २’ र ‘ओके जानु’ मा काम गरीसकेकी छिन् भने फरहान अख्तरका साथ फिल्म ‘रकअन २’ मा काम गरेकी थिइन् । 
 

श्रद्धा र फरहानबीचको सम्बन्धलाई श्रद्धाको परिवारले मन पराएका थिएनन् । फरहान विवाहित हुनु र उनी दुई बच्चाका पितासमेत भएका कारण श्रद्धाको परिवारले यस सम्बन्धलाई स्वीकार गरेका थिएनन् । 

अहिले अभिनेत्री श्रद्धा कपूर फिल्म ‘स्त्री’ को काममा व्यस्त छिन् भने फरहान अख्तर अभिनेत्री प्रियंका चोपडाका साथ फिल्म ‘स्काई इज पिंक’ को छायाँकंनका व्यस्त छन् । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया