एन्फा महिला लिगमा आर्मी र पुलिसबीच बराबरी
पुस २१, २०८१ आइतबार
काठमाण्डौ – बुटवलको तिनाउ नदीले सतर्कता तह पार गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत जलविज्ञान तथा मौसम विज्ञान विभागले तिनाउन नदीले सतर्कता तह पार गरेको र त्यो तह बढ्दो क्रममा रहेको जनाएको हो ।
विभागले तिनाउ नदी तटीय क्षेत्र र आसपासका होचा स्थानमा डुबान हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) September 22, 2020
यसैबीच अहिले पनि देशका विभिन्न ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् मीनकुमार अर्यालका अनुसार देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । गण्डकी प्रदेश र ५ नम्बर प्रदेशका केही ठाउँमा भने ठूलो वर्षा भएको उहाँले बताउनुभयो ।
यस्तै बाढी पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार रातिदेखि आउँदो १० गतेसम्म नै देशका धेरैजसो नदीमा पानीको बहाव बढ्ने सम्भावना छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।