वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौं – बलाधिकृत रथी पूर्णचन्द्र थापालाई प्रधानसेनापति राजेन्द्र क्षेत्रीले कायममुकायम प्रधानसेनापति कार्यभारको जिम्मेवारी हस्तान्तरण गर्नुभएको छ ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित विशेष समारोहमा बलाधिकृत रथी थापालाई नेपाली सेना बुझबुझारथ गर्नुभएको छ । प्रधानसेनापतिले आफ्नो कार्यकाल सकिनुभन्दा एक महिनाअघिदेखि बिदा बस्ने परम्पराअनुरुप प्रधानसेनापति क्षत्रीले कमाण्ड हस्तान्तरण गर्नुभएको हो ।
बलाधिकृत रथी थापाले भदौ २३ गतेदेखि मात्र नेपालको ४३ औँ प्रधानसेनापतिको पूर्ण जिम्मेवारी सम्हाल्नुहुनेछ । विसं २०१७ भदौ २५ गते लमजुङको गाउँशहरमा जन्मिएका बलाधिकृत थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना हुनुभएको थियो ।
सहायक सेनानी दर्जाबाट सेनाको जागिरमा प्रवेश गर्नुभएका क्षत्री झण्डै ४० वर्षसम्म अनवरत रुपमा नेपाली सेनामै कार्यरत हुनुहुन्छ । उहाँले आउँदो भाद्र २४ गतेबाट पूर्ण रुपमा अवकाश गर्नुहुनेछ ।
प्रधानसेनापति क्षेत्री शुक्रबारदेखि बिदामा बस्नु हुनेछ । बलाधिकृत रथी थापालाई गएको साउन १० गतेको मन्त्रिपरिषद्ले साउन २५ गतेबाट लागू हुने गरी प्रधानसेनापतिमा कायम मुकायमको जिम्मेवारी दिइएको हो ।