काठमाडौंमा बस्ने दोलखालीलाई माथिल्लो तामाकोशी शेयर आवेदन दिने म्याद थप

 साउन २४, २०७५ बिहिबार १९:२८:२५ | उषा तामाङ

दोलखा – काठमाडौंमा बसोबास गर्ने दोलखावासीका लागि माथिल्लो तामाकोशीको शेयर आवेदन भर्ने मिति ७ दिनका लागि थप भएको छ ।

दोलखा स्थायी घर भइ काठमाडौंमा बसोबास गर्दै आएका दोलखावासीका लागि शेयर आवेदन दिन माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले १० दिनको समयसीमा दिएको थियो । त्यो समय सीमा शुक्रबार सकिँदैछ ।

काठमाडौंबाट सनराइज बैंकको १० शाखामा दोलखावासीको भीड अत्यन्तै बढेको र अझै शेयर आवेदन दिने दोलखावासी रहेको भन्दै ७ दिनको समय थप गरेको हो । अब शनिबारदेखि भदौ १ गतेसम्म शेयर आवेदन दिन पाउने छन् ।

यसैबीच अहिलेसम्म ५० हजार शेयर आवेदन परेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले जनाएको छ । काठमाडौं उपत्यकाबाट झण्डै ४५ हजार र दोलखा जिल्लाबाट झण्डै ५ हजार शेयर आवेदन परेको हो ।

अहिलेसम्म ९७ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर खरिदका लागि आवेदन परेको छ । काठमाडौंमा दैनिक १५ हजार र दोलखामा एक हजार जनाको आवेदन पर्ने गरेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया