स्याङ्जामा पहिरोले घर भत्काउँदा एक जनाको ज्यान गयो, ८ जना पुरिए

 असोज ८, २०७७ बिहिबार ८:१३:३४ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - स्याङ्जामा पहिरोले घर भत्काउँदा एक जनाको ज्यान गएको छ । ८ जना पुरिएका छन् । अर्का एक जनाको उद्धार गरिएको छ ।

वालिङ नगरपालिका वडा नम्बर १४ मा माया परियारको घर पहिरोले भत्काएको प्रहरीले जनाएको छ । घरभित्र १० जना रहेकामा अहिलेसम्म एक जनाको शव निकालिएको र अर्का एक जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

अरु ८ जनालाई पनि निकाल्ने प्रयास भइरहे पनि घरमाथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाइ भएको उद्धारमा खटिएका स्थानीय रामचन्द्र खनालले बताउनुभयो । यसैगरी स्याङ्जाकै कालीगण्डकी गाउँपालिका ४ बिर्घाको गौतमटोलमा पहिरोले घर भत्काउँदा एक जनाको ज्यान गएको छ ।

सुतिरहेको बेला आज बिहान घरमाथिबाट खसेको पहिरोले घर भत्काउँदा बाबुराम परियारका छोरा विष्णुको ज्यान गएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया