स्याङ्जा : वालिङमा पहिरोमा पुरिएर ज्यान गुमाएका नाै जनाको सामूहिक अन्त्येष्टि

 असोज ९, २०७७ शुक्रबार ७:३७:२७ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - स्याङ्जाको वालिङमा पहिरोमा पुरिएर ज्यान गुमाएका नाै जनाको रामनदी धाम राम्दीमा सामूहिक अन्त्येष्टि गरिएको छ ।

स्याङ्जा र पाल्पाको सङ्गमस्थल रामनदीधामको कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो । नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो । ६ महिनाका बालकलाई १९ वर्षकी आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको नेपाल दलित सङ्घ स्याङ्जाका अध्यक्ष लिलबहादुर रनपालले बताउनुभयो

सबैजना एकै घरका भएकाले दागबत्ती दिने परिवारभित्रैको कोही पनि नभएपछि आफन्तमध्येका जीवलाल परियारले सबै जनालाई दागबत्ती दिनुभयो । घटनाले एकै परिवारका नौ जनाको ज्यान गएपछि अहिले गाउँ नै शोकमा डुबेको छ । पहिरोमा पुरिएर जीवितै उद्धार गरिएकी १६ वर्षकी मनिषा नेपालीको पोखरामा गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मनिषाको सबै उपचार खर्च वालिङ नगरपालिकाले जिम्मा लिने वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । हिजो बिहान स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ मा पहिरोले घर पुरिँदा एकै परिवारका ८ जनासहित ९ जनाको ज्यान गएको हो ।


 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया