ललितपुर महानगरमा जाँडरक्सीको विज्ञापन बोर्डमा कालो पोतियो : फुटपाथमा पसल राख्न नपाइने

 असोज १३, २०७७ मंगलबार ७:३७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - ललितपुर महानगरपालिकामा जाँडरक्सीको विज्ञापन बोर्डमा कालो पोतिएको छ ।

अभियान सुरु गर्दै झम्सिखेल क्षेत्रका होटल, रेष्टुरेन्ट अगाडि रहेका जाँडरक्सीको विज्ञापन बोर्डमा कालो पोतिएको हो । महानगरलाई स्वस्थ, सफा बनाउन मदिराका बोर्डहरु हटाउने अभियान सुरु गरेको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताउनुभयो ।

यस्तै ललितपुर महानगरपालिकाका विभिन्न ठाउँमा फुटपाथ पसल राख्न नपाइने भएको छ । पुल्चोक, कुपण्डोल, जावलाखेल र कुमारीपाटीमा फुटपाथ पसल राख्न निषेध गरिएको हो । फुटपाथमा तरकारी व्यापार, निर्माण सामग्री थुपार्न, गाडी पार्क गर्न र वर्कसपको काम गर्न समेत रोक लगाएको उहाँले बताउनुभयो ।

महानगरपालिकाका विभिन्न ठाउँलाई चरणबद्ध रुपमा व्यवस्थित बनाउँदै लैजाने योजना रहेको नगर प्रहरी प्रमुख हाछेथुको भनाइ छ । पैदल यात्रुलाई मध्यनजर गरेर फुटपाथ छुट्याइएको भएकाले सहजताका लागि यो निर्णय गरिएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Tera bau

    Sept. 29, 2020, 1:07 p.m.

    खुब गर्यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया