सवारीसाधन हरायो ? अब अनलाइनबाटै निवेदन र उजुरी दिन सकिने

 असोज १८, २०७७ आइतबार १५:१७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सवारीसाधन हराएको तथा चोरी भएको निवेदन अब अनलाइनमार्फत दिन पाइने भएको छ । प्रहरी प्रधान कार्यालयको सहयोगमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएको सवारीसाधनबारे उजुरी र निवेदन अनलाइनबाटै दिन सक्ने व्यवस्था गरेको हो ।

यो सेवाको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोख्रेलले आइतबार उद्घाटन गर्नुभएको छ । ट्राफिक महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाउँदै सेवाग्राहीका लागि थप सहज र सरल बनाउन तथा कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै यस्तो सेवाको सुरु गरिएको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताउनुभयो ।

यसको लागि लस्ट एन्ड फाउन्ड म्यानेजमेन्स सिस्टम नामक सफ्टवेयरको प्रयोग भएको छ । अब सवारीसाधन हराएकाले निवेदन र सिफारिसको लागि ट्राफिक कार्यालय धाउनुपर्ने दिनको अन्त्य भएको छ, निवेदन दिन सवारीधनीले ट्राफिक प्रहरीको वेबसाइट traffic.nepalpolice.gov.np मा गएर फर्म भर्नुपर्ने हुन्छ । वेबसाइट खोलेपछि दायाँतर्फ रहेको अनलाईन एप्लिकेशन भित्र रहेको लस्ट ​भेइकल एप्लिकेसन (Lost Vehicle Application) मा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यसपछि सेवाग्राहीले एप्लिकेशनमा क्लिक गरेपछि माग भएबमोजिम सेवाग्राहीले आफ्नो  विवरण भर्नुपर्ने हुन्छ । माग भएअनुसार सबै विवरण भरिसकेपछि सेभ अप्सनमा क्लिक गरेपछि निवेदकले एप्लिकेशन नम्बर प्राप्त गर्न सक्नेछन् र सेवाग्राहीले अनलाइनबाटै सवारीसाधन फेला परे/नपरेको थाहा पाउन चेक एप्लिकेशनमा क्लिक गरी दिएको एप्लिकेशन नम्बर, पूरा नाम थर र सवारी नम्बर राखेर चेक गर्नुपर्नेछ ।

यसअघि लाइसेन्स, ब्लु बुक र पर्मिट हराएको निवेदन र सिफारिस लिन ट्राफिक महाशाखा धाउनुपर्ने बाध्यताको समेत अन्त्य भएकाे छ । असोज ५ गतेदेखि सुरु भएको lost Document Application अनलाइन सेवाबाट नौ सय ४९ जना सेवाग्राहीले सेवा प्राप्त गरेका छन् ।  

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया