आईपीएल २०२० : चेन्नई र पञ्जाब खेल्दै, दुवै टिम दबाबमा

 असोज १८, २०७७ आइतबार १९:४५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा अहिले किङ्ग्स एलाभेन पञ्जाब र चेन्नई सुपर किङ्ग्स खेलिरहेका छन् । 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको खेलमा अहिले चेन्नईले बलिङ गरिरहेको छ । पञ्जाबले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । 

यो खेलमा दुवै टिम दबाबमा छन् । अङ्क तालिकाको सातौँ र आठौँ स्थानमा रहेका पञ्जाब र चेन्नई यो खेलमा स्पष्ट दुई अङ्क जोड्ने ध्याउन्नमा हुनेछन् ।   

चेन्नई यसअघिकै प्लेइङ ११ का साथ मैदानमा उत्रिएको छ । पञ्जाबले भने तीन जना खेलाडी परिवर्तन गरेको छ तर अझै पनि क्रिस गेललाई मौका दिइएको छैन । पञ्जाबले करुण नायर, के गोथाम र निशामलाई हटाउँदै मन्दीप सिंह, हरप्रीत सिंह र क्रिस जोर्डनलाई प्लेइङ ११ मा राखेको छ । 

यस्तो छ पञ्जाबको प्लेइङ ११ –

केएल राहुल, मयङ्क अग्रवाल, मन्दीप सिंह, निकोलस पूरन, ग्लेन म्याक्सवेल, सर्फराज खान, क्रिस जोर्डन, हरप्रीत बर्रार, रवी बिश्नोई, मोहम्मद शामी र शेल्डोन कोट्रेल ।

यस्तो छ चेन्नईको प्लेइङ ११ –  

शेन वाट्सन, अम्बाती रायडु, फाफ डु प्लेसी, केदार जाधव, महेन्द्रसिंह धोनी, ड्वेन ब्राभो, रवीन्द्र जडेजा, साम करन, शार्दूल ठाकुर, पियुष चावला र दीपक चाहर ।  

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया