प्रदेशमा खटिने कर्मचारीलाई एकमुष्ट रुपमा मुख्यमन्त्रीको कार्यालयमा पठाइने

 साउन २६, २०७५ शनिबार ५:५३:५७ | उज्यालो सहकर्मी

सरकारले प्रदेशमा खटिने कर्मचारीलार्इ एकमुष्ट रुपमा मुख्यमन्त्रीको कार्यालयमा पठाउने निर्णय गरेको छ । मुख्यमन्त्री कार्यालयबाटै प्रदेश सरकारले कर्मचारीलाई खटनपटन गर्नेगरी मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषदको निर्णयअनुसार प्रदेश मन्त्रालय वा प्रदेश सरकार अन्तर्गतको स्वीकृत संगठन संरचना वा दरबन्दीमा सेवा समूह संचालन गर्ने मन्त्रालय वा केन्द्रीय निकायले कर्मचारीहरुलाई खटाउँदा राजपत्रान्कित द्वितीय श्रेणी वा सो सरह वा सो भन्दा मुनिका कर्मचारीहरुलाई एकमुष्ट रुपमा प्रदेश मुख्य मन्त्री वा प्रदेश मन्त्रिपरिषदको कार्यालयमा खटाउने छ ।  कर्मचारीलाई आफ्नो आवश्यकता अनुसार प्रदेश सरकारले कामकाजमा लगाउन सक्नेछ ।

यस्तै बैठकले मौलिक हकसँग सम्बन्धित जनस्वास्थ्य सेवालाई ब्यबस्थापन गर्न बनेको विधेयक संसदमा दर्ता गराउने निर्णय गरिएको छ। साथै मकवानपुर र डोटीमा बाल सुधार गृह संचालन गर्ने तथा नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ्गलाई मर्ज गरेर राष्ट्रिय आपूर्ति कम्पनी स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया