दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथलास्थित महुरेगढीमा आँखा जस्तै देखिने पोखरी निर्माण गरिएको छ ।
हरेक वर्ष साउन २ गते ठूलो मेला लाग्ने महुरेगढीमा नगरपालिकाको ४३ लाख तथा स्थानीयवासीको ८ लाख बराबरको जनश्रमदान गरी ५१ लाख रुपैयाँको लागतमा पोखरी निर्माण गरिएको हो ।
मध्यपहाडी लोकमार्ग र सगरमाथा राजमार्गको संगमस्थल महुरेगढीमा निर्माण गरिएको पोखरीको लम्बाई ३२ मिटर छ । बीच भागमा ब्रिज डाइनिङ बनाइएको, दायाँ र बायाँ पानीको फोहोरा छोडिएको पोखरी शुक्रबार नगर प्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
महुरेगढीको पर्यटन प्रवर्द्धन गर्दै नगरपालिकाको आन्तरिक आयश्रोत बृद्धि गर्ने उद्देश्यले ब्रिज डाईनिङको माथिबाट सेन्सर विजुली बत्ती र डिजिटल बोर्ड राखिएको पोखरी निर्माण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष दिनेश राईले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।