भारतलाई मालदिभ्सको कडा झट्का, भन्यो : सेना र हेलिकप्टर फिर्ता लैजाउ

 साउन २६, २०७५ शनिबार ८:१:१८ | एजेन्सी
unn.prixa.net

मालदिभ्सले भारतलाई आफ्नौ सैन्य हेलिकप्टर र सेनालाई उसको भूमिबाट फिर्ता लैजान भनेको छ । 

भारतका लागि मालदिभ्सका राजदूत अहमद मोहम्मदले भारत र मालदिभ्सका बीचमा भएको सम्झौता जुनमा सकिएकाले भारतले मालदिभ्सबाट सेना फिर्ता गर्नुपर्ने बताएका छन् । 

मालदिभ्सको यो निर्णयले चीन समर्थक मालदिभ्सका राष्ट्रपति अब्दुल्ला यामिनको तर्फबाट भारतका लागि कडा झट्का मानिएको छ ।

केही समयदेखि भारत–मालदिभ्सबीचको सम्बन्धमा दरार आएको छ । भारतले केही दशकदेखि नै मालदिभ्सको समुद्री तटमा आफ्नो सेना राख्दै आएको छ । मालदिभ्सको विकास निमार्णमा सन् २०११ देखि चीनले बलियो उपस्थिति जनाएसँगै भारतको भूमिका कमजोर हुँदै गएका छन् । सन् २०११ मा चीनले माले मा राजदूतावास खोलेपछि उसले लगातार सडक, पुल तथा एयरपोर्टजस्ता ठूला आयोजनामा सहयोग गरिरहेको छ ।

भारतका लागि मालदिभ्सका राजदूत अहमद मोहम्मदले भारतका दुई सैन्य हेलिकप्टर समुद्रमा फसिरहेका मानिसको उद्धारका लागि प्रयोग गरिँदै आएको बताए । भारतले दिएको हेलिकप्टरले निकै राहत पुगेको बताउँदै राजदूत मोहम्मदले अब आफैसँग त्यो क्षमता भएको बताएका छन् । त्यसैले आफूहरुलाई भारतीय हेलिकप्टरको आवश्यकता नपर्ने पनि मोहम्मदले स्पष्ट पारेका छन् । 

मालदिभ्समा अहिले पनि ५० भारतीय सेना रहेका छन् । त्यसमा पाइलट तथा मेन्टेनेन्स क्रु पनि सामेल छन् । उनीहरुको भिसा अवधि समाप्त भैसके पनि नयाँ दिल्लीले भने उनीहरुलाई मालदिभ्स छोड्न कुनै सूचना जारी गरेको छैन ।

याे पनि पढ्नुहाेस्

मालदिभ्समा ‘महाभारत’, भारतलाई धर्मसंकट

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया