एन्फा महिला लिगमा आर्मी र पुलिसबीच बराबरी
पुस २१, २०८१ आइतबार
काठमाण्डौ - नेपालबाट मनसुन बाहिरिएसँगै चिसो बढ्ने क्रम सुरु भएको छ ।
दिउँसो चर्को घाम लागेको बेला गर्मी नै भए पनि बिहान बेलुका भने चिसो हुन थालेको हो । न्यूनतम र अधिकतम तापक्रम अब बिस्तारै घट्दै जाने र चिसो बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।
काठमाण्डौ उपत्यकाको आज बिहान ६ बजेको तापक्रम १६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । अहिले काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा हल्का कुहिरो लागेको छ । कुहिरो बिस्तारै हट्दै जाने र घाम लाग्ने मौसमविद् बासीले जानकारी दिनुभयो ।
आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बद्ली तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बद्ली रही अरु ठाउँमा सामान्यतया मौसम सफा रहनेछ । अहिले कुनै पनि मौसमी प्रणाली नदेखिएकाले अबको केही दिन सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो वर्ष गएको जेठ ३० गते नेपाल प्रवेश गरेको मनसुन चार महिनापछि असोजको ३० गते बाहिरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।