भूकम्पले भत्केका ६ हजार १८ विद्यालय बने, झण्डै २ हजार विद्यालयको पुनर्निर्माण हुन बाँकी

 कात्तिक ६, २०७७ बिहिबार ९:३०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भूकम्पले भत्केका ६ हजार १८ वटा विद्यालय पुनर्निर्माण भएका छन्। 

अब झण्डै २ हजार विद्यालयको पुनर्निर्माण हुन बाँकी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । भूकम्पका कारण ३२ जिल्लामा ८ हजार विद्यालयमा क्षति पुगेको थियो ।

भूकम्प गएको ५ वर्ष ५ महिनामा ६ हजार १८ विद्यालयको पुनर्निर्माण सकिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण जोखिमपछि सरकारले गरेको ४ महिनाको लकडाउनका कारण विद्यालयको पुनर्निर्माणमा केही समस्या भएको प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षाले जनाएको छ ।

चालु आर्थिक वर्षमा १ हजार ५ सय विद्यालयको काम भइरहेको र झण्डै ४ सय विद्यालय भने जग्गा अभाव र भूकम्पपछि मर्ज भएका कारण पुनर्निर्माणको सूचीबाट हटाइएको आयोजनाका उपनिर्देशक दिलिपशेखर श्रेष्ठले जानकारी दिनुभयो ।

जग्गा नभएका विद्यालयका लागि जग्गा खोजी गर्न प्राधिकरणले पालिकालाई आग्रह गर्दै आएको छ । प्राधिकरणको थपिएको अवधि असार मसान्तसम्म विद्यालयको पुनर्निर्माणको काम निरन्तर चल्ने र बाँकी रहेका विद्यालय शिक्षा मन्त्रालय अन्तर्गत पुनर्निर्माण इकाईमार्फत् काम हुने पनि आयोजनाका उपनिर्देशक श्रेष्ठले बताउनुभएको छ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया