गण्डकी प्रदेशमा थप चार कोरोना सङ्क्रमितको ज्यान गयाे

 कात्तिक ९, २०७७ आइतबार ७:५८:५९ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण गण्डकी प्रदेशमा एक महिला सहित थप चार जनाको ज्यान गएकाे छ । 

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवं प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले आइतबार बिहान दुई पटक जारी गरेको विज्ञप्तिअनुसार पोखराका विभिन्न तीन अस्पतालमा गरी चार जना सङ्क्रमितको ज्यान गएकाे हो । 

पोखरा महानगरपालिका २२ का ६८ वर्षीय कोरोना सङ्क्रमित पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएकाे हाे । यस्तै, पोखरा ३२ का ५८ वर्षीय कोरोना सङ्क्रमित पुरुषको पनि कोभिड–१९ का कारण ज्यान गएकाे छ । उहाँको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ज्यान गएकाे हाे । त्यस्तै त्यही अस्पतालमा उपचारत पोखरा १५ का ५२ वर्षीया महिलाको पनि ज्यान गएकाे छ । 

यसैगरी, चरक मेमोरियल अस्पतालमा थप एक जना कोरोना सङ्क्रमित पुरुषको ज्यान गएकाे छ । पोखरा १ का ४२ वर्षीय कोरोना सङ्क्रमित पुरुषको ज्यान गएकाे हो । 

योसहित गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ६३ पुगेको छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया