कृषि क्षेत्रको विकासका लागि विश्व बैंकले नेपाललाई नौ अर्ब ४४ करोड ऋण दिँदै

प्रदूषणरहित इँटा उत्पादन गर्न एडीबीको एक करोड ४७ लाख रुपैयाँ अनुदान

 कात्तिक १३, २०७७ बिहीबार १५:१४:२९ | रासस
unn.prixa.net

काठमाण्डाै – ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले नौ अर्ब ४४ करोड रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ ।

रोजगारीका अवसर सिर्जना, ग्रामीण बजारको सम्पर्क सञ्चार विस्तार तथा उद्यमशीलता प्रवर्द्धन गर्न बैंकले ऋण दिन लागेकाे अमेरिकाको वाशिङ्टन डीसीमा रहेको बैंकको प्रधान कार्यालयले जनाएको छ । नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउन तथा सार्वजनिक– निजी साझेदारीको भावना प्रवर्द्धन गर्न ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना सहयोगी हुने विश्वास बैंकले विश्वास व्यक्त गरेको छ ।

चिया, कफी, फलफुल र औषधिजन्य वस्तुको उत्पादनले कोभिड–१९ पछिको पुनरुत्थानमा भरथेग गर्ने अपेक्षा बैंकले गरेको छ ।

यसैबीच, एसियाली विकास बैंक एडीबीले प्रदूषणरहित ढङ्गले इँटा उत्पादन गर्न नेपाल सरकारलाई एक करोड ४७ लाख रुपैयाँ अनुदान दिने भएको छ । आगो प्रयोग नगरि वातावरण र जनस्वास्थ्यमा असर नपर्ने प्रविधिको उपयोग गर्दै इँटा उत्पादन गर्न बैंकले अनुदानस्वरुप रकम दिने निर्णय भएको जनाएको छ । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया