टिपरले बसलाई ठक्कर दिँदा ८ जना घाइते

 कात्तिक १३, २०७७ बिहिबार १९:३३:५० | देव पचभैया
unn.prixa.net

पाल्पा – टिपरले बसलाई ठक्कर दिँदा पाल्पामा आठ जना घाइते भएका छन् । पाल्पा–बुटवल सडकको सिद्धार्थ राजमार्गमा पर्ने तानसेन नगरपालिका ७ को बाँसटारीमा टिपरले बसलाई ठक्कर दिएको हो । 

दुर्घटनामा घाइते भएकाहरुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । पाल्पाबाट बुटवलका लागि छुटेको लोड बोकेको लु २ ख ३०६७ नम्बरको टिपरले बुटवलबाट पाल्पाका लागि छुटेको लु १ ख ९९८२ बसलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

दुर्घटनामा बसका चालक रिब्दीकोट गाउँपालिका २ का ४५ वर्षीय केशव भट्टराई, रिब्दीकोट १ का २३ वर्षीय शालिकराम विक, त्यही ठाउँका ५८ वर्षीय चन्द्रबहादुर सुनार र बुटवल उपमहानगरपालिका ३ को रुपन्देहीकी १६ वर्षीया पूजा सुनार घाइते भएका हुन् । 

त्यस्तै पूर्वखोला गाउँपालिका ३ की ३२ वर्षीया हिरादेवी राना, रिब्दीकोट गाउँपालिका ४ का ३४ वर्षीय शेरबहादुर थापा, तिलोत्तमा नगरपालिका ३ रुपन्देहीकी ७१ वर्षीया दुर्पता गैरे र नवलपरासीका योगेश घर्ती घाइते भएका हुन् ।   

अन्तिम अपडेट: बैशाख १४, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया